Winamp windows Media Player Real Player QuickTime

आदीवासी जनजाती महासंघको महाधिवेशनको तयारी पुरा ,,सौराहामा तिन सय कोठा बुक

२७ वैशाख
चितवनको भरतपुरमा भोलीदेखि सुरु हुन लागेको नेपाल आदिवासी जनजाति महासंघको आठौं राष्ट्रिय महाधिवेशनको सम्पूर्ण तयारी पुरा भएको भएको छ । भरतपुरको वीरेन्द्र बहुमुखी क्याम्पस परिसरमा हुने महाधिवेशनको भोली विहान उपराष्ट्रपति परमानन्द झाले समुद्घाटन गर्ने कार्यक्रम रहेको छ । महाधिवेशनको उद्घाटनपूर्व आज भरतपुरमा मोटरसाइकल ¥याली निकालिएको छ । महाधिवेशनको अन्तिम तयारीसहित सर्वसाधारणलाई भरतपुरमा उतार्न चार दर्जन ठूला यात्रुवाहक बस चितवनका गाउ“–गाउ“ पठाइएको महासंघले जनाएको छ । महाधिवेशन सफल पार्न देशभरका ७१ जिल्लाबाट प्रतिनिधि र पर्यवेÔकहरु भरतपुर पुगिसकेका छन् । महाधिवेशनका लागि एक महिना अघिदेखि तयारीमा जुटेको महासंघले चितवनलाई सिंगारेको छ । महाधिवेशनको उद्घाटन सत्रमा एमाओवादीका नेता वर्Èमान पुन, नेकपा–माओवादीका महासचिव रामबहादुर थापा, समाजवादी जनता दलका अध्यÔ अशोक राईलगायतका नेतालाई बोलाइएको छ । महाधिवेशनमा मुख्य चार राजनीतिक दलका शीर्È नेताहरुलाई सहभागी भने नगराउने भएको छ । आदिवासी जनजातिको मुद्वामा राजनीतिक दलहरुले भ्रम फैलाएको भन्दै महासंघ अध्यÔ राजकुमार लेखीले चारै दलका शीर्È नेताहरु  पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति सुशील कोइराला, नेकपा एमालेका अध्यक्ष झलनाथ खनाल र मद्येसी जनअधिकार फोरम नेपाल (लोकतान्त्रिक)का अध्यक्ष विजयकुमार गच्छदारलाई कार्यक्रममा निम्तो नगरिएको बताउनुभयो । यसैबीच महाधिवेशनको बन्द सत्रमा सहभागी प्रतिनिधि एवं पर्यवेÔकहरुका लागि खाना तथा आवासका लागि चितवनको पर्यटकीय नगरी सौराहामा विभिन्न होटलहरुमा गरी ३ सयवटा कोठा बुकिङ गरिएको छ । बन्द सत्र आईतबार र सोमबार सौराहामा हुन लागेको हो ।  महाधिवेशनले १३ सदस्यीय सचिवालय पदाधिकारी समेत चयन गर्ने छ । महाधिवेशन २३ वर्षपछि राजधानी बाहिर गर्न लागिएको हो ।


  • Program on air
  • Program Name: Mero Rachana
  • Program Host: Dipendra Theength
  • Time duration: 10:15 AM-11:00 AM
  • Next Program
  • Program Name: Arpan Khabar
  • Program Host: News Depart
  • Time duration: 11:00 AM-11:10 AM

Local News

Political News

International News

Sports News