Winamp windows Media Player Real Player QuickTime

आदिवासी महासंघको महाधिवेशन चितवनमा सुरु

२८ वैशाख
नेपाल आदिवासी जनजाती महासंघको आठौं राष्ट्रिय महाधिवेशन आजबाट चितवनमा सुरु भएको छ । भरतपुरको विरेन्द्र वहुमुखी क्याम्पस परिषरमा सुरु भएको महाधिवेशनको उपराष्ट्रपति परमानन्द झाले उद्घाटन गर्ने भनिएपनि बिशेष कारण उहां चितवन नआएपछि आदिबासी जनजातिहरुको अन्दोलनमा शहिद भएका शहिद धनबाहदुर थनेतका छोरा तोब बाहदुर थनेत र सेना सहन चौधरीका छोरा कमल चौधरीले अधिबेसनको उदघाटन गर्नु भएको थियो । आदिबासी, जनजाति समुदायका नेताहरुले जातीय पहिचानसहितको सङ्घीयता नस्वीकार्ने ठूला दलका केही नेताहरुका कारण बिगतको संविधानसभा विघटन भएको बताएका छन् । उनीहरुले जातीय पहिचानसहितको सङ्घीयता कायम गराउनको लागि आआफ्नो पार्टी, सडक, सङ्घसङ्गठनमा आदिबासी, जनजाति समुदायका नागरिक एक भएर लाग्नुपर्ने बताएका हुन् । उद्घाटनसत्रमा बोल्दै पूर्व अर्थमन्त्री तथा एकीकृत माओवादी नेता वर्षमान पुनले आदिबासी, जनजातिको मुद्दा स्थापित गर्न फुटेरभन्दा पनि एक जुट भएर अघि बढ्नुपर्ने बताउनुभयो । जातीय पहिचानसहितको संघीयतालाई स्वीकार नगरिएका कारणनै संविधानसभाको विघटन भएको पुनको भनाइ छ । नेता पुन अन्नतले आदिवासी जनजाती ले उठाएका बिषयमा ए माओबादी सकरात्मक भएको बताउदै आगमी संबिधानमा पहिचान सहितको संघियता र संघियता सहितको संबिधान बन्ने दाबी गर्नुभयो । नेकपा–माओवादी नेता सुरेश आले मगरले जातीय अस्तित्व बचाउनको लागि एकताको जरुरी रहेको टिप्पणी गर्नुभयो । त्यस्तै संघिय समाजबादीका अध्यक्ष अशोक राईले चार दलको कारणले गर्दा संबिधान सभाबाट संबिधान नआएको भन्दै आदिवासी जनजातीका हक अधिकारका लागि सबै एकजुट भएर अगाडि बढनु पर्ने बताउनु भयो । एमाले पोलिटव्युरो सदस्य पृथ्वीसुब्बा गुरुङ, काङ्ग्रेस केन्द्रिय सदस्य इन्द्रबहादुर गुरुङ लगायतका नेताहरुले पनि उद्घाटनसत्रमा सम्बोधन गर्नु भएको थियो ।
उदघाटन समारोहलाई सम्बोधन गदै नेपाल आदिवासी जनजाती महासंघका अध्यक्ष राजकुमार लेखीले चार दलले बिबादित ब्यक्ति लोकमान सिह कार्कीलाई अख्तियार प्रमुख बनाएर लोकतन्त्र को खिल्ली उडाएको बताउनु भयो । चारदलले प्रधानन्ययधिस खिलरान रेग्मीलाई सरकार प्रमुख बनाएर दलहरुले देशलाई निदलियता तर्फ धकेलेको बताउदै चार दलले देशमा सैनिक शासन लगाउन खोजेको आरोप लगाउनु भयो । २३ वर्षपछि पहिलो पटक राजधानी बाहिर आयोजना गरिएको महाधिवेशनको उद्घाटन सत्र अगाडी चितवनका बिभिन्न ठाउबाट संस्कृतिक झाकी सहित बृहत शोभा यात्रा निकालिएको थियो ।महाधिवेशनको उद्घाटन शत्र भरतपुरमा भएपनि वन्द शत्र भोली र पर्सी सौराहामा हुने छ ।देशभरवाट पाँच सय प्रतिनिधी महाधिवेशनमा सहभागी हुनेछन् । हिमाली चारवटा बाहेक ७१ जिल्लामा आफ्नो शाखा रहेको महासंघले जनाएको छ । महाधिवेशनको बन्द शत्र पर्यटकीय क्षेत्र सौराहामा तय गरिएको छ । तिन दिन सम्म चल्ने महाधिवेशन नयाँ नेतृत्व चयन गर्दै सकिनेछ ।
 

  • Program on air
  • Program Name: mix मसला
  • Program Host:
  • Time duration: 03:15 PM-04:00 PM
  • Next Program
  • Program Name: अर्पण खवर
  • Program Host:
  • Time duration: 04:00 PM-04:10 PM

Local News

Political News

International News

Sports News