Winamp windows Media Player Real Player QuickTime

चुनावको मिति तोक्ने काम अन्तिम तयारीमा छ गृहमन्त्री मावध घिमिरे

२८ वैशाख
गृहमन्त्री माधवप्रसाद घिमिरेले आगामी कात्तिक महिनाको अन्तिम वा मङसिरको पहिलो साता निर्वाचन गर्ने गरी सरकार मिति घोषणाको अन्तिम तयारिमा रहेको बताउनुभएको छ ।चितवनका सरकारी कर्मचारीलाई आज बिहान भरतपुरमा निर्देशन दिदै उहाँले निर्वाचनलाई दृष्टिगत गरी काम गर्न सबै कर्मचारीलाई निर्देशन दिनुभयो ।मुलुक अप्ठेरो स्थितिबाट गुज्रिरहेको उल्लेख गर्दै मन्त्री घिमिरेले असन्तुष्ट दलहरुसग वार्ता गरी सरकार सबै दललाई निर्वाचनमा सहभागी गराउन लागिपरेको बताउनुभयो ।लोकतान्त्रिक विधि निर्वाचन भएको र मुलुकमा दिगो शान्ति स्थापनाका लागि निर्वाचनको विकल्प नभएको भन्दै मन्त्री घिमिरेले असन्तुष्ट दलहरु पनि निर्वाचनमा सहभागी हुनेमा आफू विश्वस्त रहेको बताउनुभयो ।सङक्रमणकालमा राजनीतिक संरक्षणमा आपराधिक गतिविधि मौलाउन सक्ने भन्दै मन्त्री घिमिरेले त्यसतर्फ चनाखो रहन सुरक्षा निकायलाई निर्देशनसमेत दिनुभयो ।मुलुक निर्वाचनको माहोलमा होमिएको बताउदै उहाँले कर्मचारीलाई लामो बिदा नदिन र महिला हिंसाका घटनालाई रोक्न पनि उहाँले निर्देशन दिनुभयो ।
 

Local News

Political News

International News

Sports News