Winamp windows Media Player Real Player QuickTime

मजदुरको हकहितको विषयमा राज्यले वास्ता नगरेको गुनासो

२८ वैशाख
मजदुरहरुको हकहितको विषयमा राज्यले बेवास्ता गरेको एक कार्यक्रमका वक्ताहरुले गुनासो गरेका छन् । नेपाल टे«ड युनियन काग्रेस स्वतन्त्र चितवनको ५ औं जिल्ला अधिवेशनमा बोल्ने वक्ताहरुले यस्तो गुनासो गरेका हुन् । मजदुरहरुले श्रम गरेअनुसारको उचित मुल्य प्राप्त गर्नुपर्ने र मजदुरहरुको हकहितका लागि उनिहरुको संरक्षण गरिनुपर्ने उनिहरुले बताएका छन् । राज्यले उनिहरुको लागि स्पष्ट निति नबनाएका कारण नितिनिर्माण तहमा मजदुरहरुको सहभागिता हुनुपर्ने उनिहरुले जोड दिए । कार्यक्रममा बोल्दै नेपाली काग्रेसका चितवनका सभापति टेक प्रसाद गुरुङले मजदुरहरुको आर्थिकस्तर उकास्नको लागि राज्यले उनिहरुको सामाजीक सुरक्षा,सेवासुविधा र हकहितका विषयमा ध्यान पु¥याउन आवश्यक रहेको बताउनुभयो । आफ्नो अधिकारको लागि मजदुरहरु सबै संगठित भएर अगाडि बढ्नुपर्ने उहाँको भनाई थियो । आजै सम्पन्न सो अधिवेशनले कार्यकालको लागि नयाँ कार्यसमिति चयन गरेको छ । कार्यक्रम नेपाल ट्रड युनियन काग्रेस स्वतन्त्र चितवनका अध्यक्ष लक्ष्मण भट्टराईको अध्यक्षतामा भएको थियो ।
 

  • Program on air
  • Program Name: अर्पण समर्पण (आधुनिक गीतमा)
  • Program Host: प्रतीक्षा पौडेल
  • Time duration: 02:15 PM-03:00 PM
  • Next Program
  • Program Name: नेपालवाणी समाचार
  • Program Host: नेपालवाणी नेटवर्क
  • Time duration: 03:00 PM-03:15 PM

Local News

Political News

International News

Sports News