Winamp windows Media Player Real Player QuickTime

मध्यामाञ्चल तेक्वान्दो प्रतियोगितामा चितवन दोश्रो

२८ वैशाख
नुवाकोटको त्रिशुलीमा सम्पन्न मध्यामाञ्चल क्षेत्रिय तेक्वान्दो प्रतियोगिता चितवन दोश्रो भएको छ । प्रतियोगितामा चितवनले ४ स्वर्ण र २ रजत पदक प्राप्त गरी दोश्रो भएको तेक्वान्दो संघ चितवनका अध्यक्ष पुष्पराज जोशीले जानकारी दिनुभयो । प्रतियोगितामा महिला तर्फ सुस्मिता थापा मगर ,पुरुष तर्फ अरुण अधिकारी,मनोज विक र विक्रम गुरुङले स्वर्ण पदक प्राप्त गरेका हुन् । त्यस्तै पार्वती गुरुङ र अनिता  वस्नेतले रजत पदक प्राप्त गरेका जोशीले जानकारी दिनुभयो । आउँदो जेठ ११ गते देखि ११ गते सम्म पोखरामा हुने ११ औं राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा स्वर्ण प्राप्त गर्ने खेलाडीहरुले सहभागीता जनाउने छन् । प्रतियोगितामा महिला तर्फ चितवनकी सुस्मिता थापा मगर उत्कृष्ट खेलाडी घोषित भएकी थिईन ।
 

  • Program on air
  • Program Name: अर्पण स्थानीय समाचार
  • Program Host:
  • Time duration: 06:30 PM-07:00 PM
  • Next Program
  • Program Name: अर्पण शुभ साझ
  • Program Host:
  • Time duration: 07:00 PM-07:30 PM

Local News

Political News

International News

Sports News