Winamp windows Media Player Real Player QuickTime

अर्पण वचतद्धारा एक दिने तालिम

२८ वैशाख
रत्ननगर १ वकुल्लहर स्थित अर्पण वचत तथा ऋण सहकारी संस्था लिमिटेडले आज एक दिने सहकारी शिक्षा तालिम सम्पन्न गरेको छ । रेडियो अर्पणको सभाहलमा भएको तालिममा अर्पण वचत तथा ऋण सहकारी संस्था र उज्वल महिला वचत तथा ऋण सहकारी संस्थाका ३५ जना शेयर सदस्यहरुको सहभागीता रहेको थियो । तालिममा अर्पण वचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष वेदप्रसाद आचार्य र शिक्षा उपसमिति संयोजक हेमा अधिकारीले सहजीकरण गर्नु भएको थियो । तालिममा अध्यक्ष आचार्यले सहकारीका उदेश्य,मुल्य मान्यता,शीप दक्षताका बारे सवै शेयर सदस्यहरु स्पष्ट हुनु पर्ने भएकाले गैर सदस्यलाई पनि सहकारीमा आवद्ध गराउन तालिमले सहयोग पुग्ने भन्दै तालिमको बारे प्रष्ट पार्नु भएको थियो । शिक्षा उपसमितिकी संयोजक हेमा अधिकारीको अध्यक्षतामा भएको कार्यक्रमसचिव बासुदेव आचार्यले संचालन गर्नु भएको थियो । शेयर सदस्य सुरज पौडेलले स्वागत मन्तव्य राख्नु भएको तालिममा सहभागीताका तर्फबाट कोपिला लामिछानेले तालिमका बारे प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।
 

  • Program on air
  • Program Name: mix मसला
  • Program Host:
  • Time duration: 03:15 PM-04:00 PM
  • Next Program
  • Program Name: अर्पण खवर
  • Program Host:
  • Time duration: 04:00 PM-04:10 PM

Local News

Political News

International News

Sports News