Winamp windows Media Player Real Player QuickTime

आदीवासी महासंघको महाधिवेशनमा आजदेखि वन्दशत्र

२९ वैशाख
धु्रवराज खनाल
नेपाल आदीवासी जनजाती महासंघको आठौ महाधिवेशनको वन्दशत्र आजदेखि चितवनको पर्यटकिय नगरी सौराहामा सुरु हुदैछ  । वन्दशत्रमा देशका ७१ जिल्लाबाट पाँच सय भन्दा वढि प्रतिनिधी तथा प्रर्यवेक्षक सहभागी हुनेछन् । महाधिवेशन १३ सदस्यीय नयाँ नेतृत्व चयन गर्दै भोली सकिने छ । नयाँ नेतृत्वका लागी तीन जना आकांक्षी देखिएका छन् । आगामी नेतृत्वको लागी चन्द्रविक्रम राई,नरेश ताम्राकार र नगेन्द्र झाले उम्मेदवारी दिने वताएका छन् । नेतृत्वका लागी तीन जनाले उम्मेदवारी दिने तयारी गरेपछि  सर्वसम्मत नहुने देखिएको छ । महाधिवेशनमा सहभागी प्रतिनिधी तथा प्रर्यवेक्षकको लागी खाना र वस्नको लागी सौराहाका होटलहरुमा ३ सय कोठा वुकिङ गरिएको छ । महासंघको महाधिवेशनको उद्घाटन शत्र हिजो चितवनको सदरमुकाम भरतपुरमा भएको थियो ।
 

Local News

Political News

International News

Sports News