Winamp windows Media Player Real Player QuickTime

वन्द गर्न खोज्ने सद्भावनाका ४ कार्यकर्ता पक्राउ

२९ वैशाख
धु्रवराज खनाल
विभिन्न माग राखेर चक्काजाम गर्न खोज्ने ४ जना नेपाल सद्भावना पार्टीका कार्यकर्तालाई प्रहरीले आज विहान पुर्वी चितवनको रत्ननगरबाट पक्राउ गरेको छ । पुर्व पश्चिम राजमार्ग अन्र्तगत रत्ननगर १ दुरसंचार रोड अगाडी सडक अवरुद्ध गर्न खोज्ने सद्भावना पार्टी राजेन्द्र महतो पक्षधरका कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको हो । संविधान सभा चुनावको मिति छिट्टै घोषणा हुनु पर्ने,चितवनलाई लोड सेडिङ मुक्त जिल्ला वनाउनु पर्ने लगायत १३ वुदे माग राख्दै राजेन्द्र महतो नेतृत्वको सद्भावना पार्टी आन्दोलित छ । प्रहरीले सो पार्टीको झण्डासहित कुशल सुवेदी,सन्देश तामाङ,अर्जुन उप्रेती र जीवन चौधरीलाई पक्राउ गरेको जनाएको छ । केहीवेर अवरुद्ध गरीएको सडक प्रहरीले वल प्रयोग गरी खुलाएको थियो ।
 

  • Program on air
  • Program Name: मेरो देश मेरो गौरव
  • Program Host: शुसिल
  • Time duration: 08:05 AM-09:00 AM
  • Next Program
  • Program Name: नेपालवाणी समाचार
  • Program Host: नेपालवाणी नेटवर्क
  • Time duration: 09:00 AM-09:15 AM

Local News

Political News

International News

Sports News