Winamp windows Media Player Real Player QuickTime

आदीवासी महासंघको नयाँ नेतृत्व चयन गर्दै महाधिवेशन आज सकिदै

३० वैशाख
धु्रवराज खनाल  
नेपाल आदिवासी जनजाति महासङ्घको आठौं महाधिवेशनले आज नयाँ नेतृत्व चयन गर्दैछ । नयाँ नेतृत्व चयनका लागि चितवनको सौरहामा जारी महाधिवेशनमा केहीबेरपछि चुनावी प्रक्रिया सुरु हुँदै छ । अध्यक्ष पदका लागि पाँचजनाको उम्मेद्वारी पर्ने निश्चित भएको छ । अध्यक्ष पदको प्रत्यासीहरूमा नरेश ताम्राकार, चन्द्रविक्रम राई, पेमाछिरी शेर्पा, नागेन्द्र कुमाल र नित्यानन्द ताजपुरिया देखिनुभएको छ ।   अध्यक्षको दाबेदारहरुमा नागेन्द्र कुमाल, चन्द्रविक्रम राई, नरेश ताम्राकार, पेमा शेर्पा र नित्यानन्द ताजपुरियाको नाम आएको छ । पाँच जनाको नाम चर्चामा आएपनि उनीहरुबीच भित्र भित्र सहमतीको प्रयास भईरहेको चितवन अध्यक्ष गुरुङले वताउनु भयो । यसैगरी महासचिवका लागि ६ जनाको नाम चर्चामा छ । महासचिवका लागि दाबी गर्नेहरूमा गोविन्द छन्त्याल, डन्डु शेर्पा, नवीन रोक्का, पेम्बा भोटे, ज्ञानबहादुर बोटे र बुद्ध घर्ती छन् । पाँच जना उपाध्यक्षका लागि अहिलेसम्म शान्ति जिरेल, यशोकान्ति भट्टचन र चिनिमाया माझी गरी तीन जनाको नाम सार्वजनिक भएको छ । सचिव पदका लागि अहिलेसम्म यमन चेपाङ एकजनाको दाबी देखिएको छ ।  महाधिवेशनले उपाध्यक्षका लागी क्षेत्रगत रुपमा एक महिला सहित ५ जनालाई चयन गरिने छ । यसैगरी एक जना कोषाध्यक्षका लागी विहान सम्म जगत बरामको नाम मात्र वाहिर आएको छ । सकेसम्म सहमतिका आधारमा नयाँ नेतृत्व चयनका लागि पनि प्रयास भइरहेको छ । सहमतिका लागि भन्दै एकीकृत नेकपा माओवादी वर्षमान पुन, नेपाली काङग्रेसका इन्द्रबहादुर गुरुङ, नेकपा एमालेका पृथ्वीसुब्बा गुरुङ, नेकपा माओवादीका सुरेश आले मगर, सामाजिक लोकतान्त्रिक पार्टीका पासाङ शेर्पा लगायतका नेताहरू तीन दिनदेखि सौरहामै छन् ।  महाधिवेशनको वन्द शत्रमा महासचिव आङकाजी शेर्पाले प्रस्तुत गर्नु भएको प्रगति प्रतिवेदन तथा भावी कार्ययोजना र कोषाध्यक्ष डन्डु शेर्पाले प्रस्तुत गर्नु भएको आर्थिक प्रतिवेदन गयराती अवेर पारित गरिएको थियो । महासंघको उद्घाटन शत्र भरतपुरको विरेन्द्र क्याम्पस परिषरमा गत २८ गते भएको थियो । नयाँ नेतृत्व चयनपछि आदिवासी जनजाति महासङ्घको महाधिवेशन सौरहा घोषणापत्र जारी गर्दै आजै सकिने छ ।
 
 

  • Program on air
  • Program Name: अर्पण स्थानीय समाचार
  • Program Host:
  • Time duration: 06:30 PM-07:00 PM
  • Next Program
  • Program Name: अर्पण शुभ साझ
  • Program Host:
  • Time duration: 07:00 PM-07:30 PM

Local News

Political News

International News

Sports News