Winamp windows Media Player Real Player QuickTime

लोथर–राप्ती ड्याकको उद्घाटन

वैशाख ३१
धुर्वराज खनाल 
स्वीस सरकारको सहयोगमा निर्माण गरिएको लोथर – राप्ती ड्याक विस्तार कार्यको आज उद्घाटन गरिएको छ । स्वीजरल्याण्ड सरकारका सहायक विदेशमन्त्री बिट नोब्सले कुमरोज सामुदायिक वन राप्ती किनारमा भव्य कार्यक्रमकाबीच लोथर – राप्ती ड्याक विस्तार कार्यको उद्घाटन गर्नु भएको हो ।
उद्घाटन समारोहलाई सम्वोधन गर्दै विदेशमन्त्री नोब्सले दिर्घकाल सम्म नभत्कने गरी ड्याक निर्माण गरिएको हुँदा पुर्वी चितवनका वासिन्दालाई राहत मिलेको वताउनु भयो ।  राप्ती नदीका कारण सबैभन्दा प्रभावित पुर्वी चितवनका आधादर्जन गाविसलाई बाढीबाट जोगाउन यो ड्याक महत्वपुर्ण रहेको सहायक विदेशमन्त्री नोव्सले बताउनु भयो ।  यस अघि त्यस क्षेत्रका वासिन्दाहरु वर्षाको समय ड्याक फुटेर धनजनको क्षती हुने डरमा वस्न वाध्य थिए । ड्याक निर्माण पछि वाढी नियन्त्रणसंगै खेतीयोग्न जमिन र उर्वर हुने हुँदा स्थानियको जीवनस्तरमा सहयोग पुग्ने उहाँले विश्वास व्यक्त गर्नु भयो । जमिन उर्वर भएपछि पोषण तत्वको उत्पादन हुने र खाद्य सुरक्षामा समेत सहयोग मिल्ने विदेशमन्त्री नोब्सले वताउनु भयो । स्वीस सरकारको  ७ करोड गरी १५ करोड १२ लाखको लागतमा लोथर – राप्ती ड्याक निर्माण गरिएको छ । कार्यक्रममा धन्यवाद ज्ञापन गर्दै चितवनका प्रमुख जिल्ला अधिकारी नरेन्द्रराज शर्माले ड्याक निर्माणले पुर्वी चितवनका वासिन्दाको जीवनस्तरमा ठुलो प्रभाव पार्ने वताउनु भयो ।समितिका संयोजक जेपि भेटवालको अध्यक्षतामा कार्यक्रम भएको थियो । कार्यक्रममा स्विजरल्याण्ड सरकारका सहायक मन्त्री नोब्सलाई बाजा गाजा सहितको झाकिले स्वागत गर्नुका साथै स्थानियले सम्मान समेत गरेका थिए ।
पुरानो साँढे १८ किलो मिटर रहेको सो ड्याक १२ सय मिटर विस्तार गरी निर्माण कार्य जारी रहेको छ । ड्याकको ८५ प्रतिशत काम सकिएको लोथर–राप्ती ड्याक संरक्षण समितिले जनाएको छ । सौराहाको वद्रहनी सम्मको ५ किलो मिटर क्षेत्रमा पनि निर्माण गर्र्ने समितिले लक्ष्य लिएको छ । १२ सय मिटर ड्याक निर्माणको काम करिव ७ करोडको लागतमा निर्माण भैरहेको निर्माण समितिका कोषाध्यक्ष तथा पुर्व सासद लालमणी चौधरीले जानकारी दिनुभयो । यस्तै पुरानो ड्याकको मर्मतका लागि ३ करोड र कयरखोला , कंकाली र लोथर खोलाका अन्य तटवन्ध लगायतका लागि करिव ५ करोडको लागतमा काम भैरहेको चौधरीले बताउनु भयो । ड्याक निर्माण सगै पुर्वि चितवनका १ दर्जन गाविस. का १ लाख २० हजार भन्दा बढि स्थानिय लाभान्वीत हुने बताईएको छ । २०४९ सालपछि पटक पटकको बाढीका कारण पुर्वी चितवनको भण्डारा लोथर , पिप्ले , कठार , कुमरोज, खैरहनी ,बछौली लगायत गाविसलाई प्रभावित पार्दै आएको थियो ।  

 
  • Program on air
  • Program Name: अर्पण खवर
  • Program Host:
  • Time duration: 08:00 AM-08:10 AM
  • Next Program
  • Program Name: नेपाली आधुनिक
  • Program Host:
  • Time duration: 08:10 AM-08:30 AM

Local News

Political News

International News

Sports News