Winamp windows Media Player Real Player QuickTime

चितवनको भण्डारामा वालिकामाथी करण

२ जेठ
चितवनको भण्डारामा १२ वर्षिया वालिकामाथी जवरजस्ती करणी भएको छ । दोखला काभ्रे गाविस ४ स्थायी घर भई पुर्वी चितवनको खैरहनी ६ मा डेरा गरी वस्ने परिवर्तित नाम ९८ क कि ति वालिकामाथी वसका चालक र सहचालकले गत वैशाख ३१ गते जवरजस्ती करणी गरेको प्रहरीले जनाएको छ । ना ३ ख २८५६ नम्वरको मिनिवस चालक चितवन भण्डारा ९ वस्ने वर्षका इन्द्रमणी खरेल र सोही मिनिवसका सहचालक मकवानपुर वसामाडी स्थायी घर भई हाल भण्डारा ८ वस्ने वर्ष २९ का कुमार थापा मगरले ति वालिकालाई ललाई फकाई भण्डारा ९ भाङवारी स्थित मकैबारीमा वेलुका साँढे सात वजेतिर जवरजस्ती करणी गरेको इलाका प्रहरी कार्यालय खैरहनीका प्रहरी निरीक्षक रमेश पण्डितले जानकारी दिनुभयो । जवरजस्ती करणी गरी फरार रहेका अभियुक्तहरुलाई मंगलवारराती खोजी गर्ने क्रममा पक्राउ गरी जिल्ला अदालत चितवनबाट म्याद थप गरी कारवाही प्रक्रिया अघि वढेको प्रहरी निरीक्षक पण्डितले वताउनु भयो ।
 

  • Program on air
  • Program Name: Nepalbani News
  • Program Host: Nepal Bani
  • Time duration: 12:00 PM-12:15 PM
  • Next Program
  • Program Name: Nonstop Bollywood
  • Program Host:
  • Time duration: 12:15 PM-01:00 PM

Local News

Political News

International News

Sports News