Winamp windows Media Player Real Player QuickTime

बछौलीमा घरदैलो अभियान सकियो

२ जेठ
नेकपा एमालेको पार्टि सुदृणी करण अभियान अन्र्तगत बछौलीमा संचालन गरिएको घरदैलो कार्यक्रम आज सकिएको छ । आज वडा नम्बर ८ र ९ मा घरदैलो सकिएपछि पहिलो चरणको अभियान सकिएको टोली प्रमुख राजाराम रेग्मीले जानकारी दिनु भयो । अभियान अन्र्तगत घर घरमा पुगेर जनताको गुनासो सुन्ने तथा नेकपा एमालेको निति तथा कार्यक्रमका बारेमा जानकारी गराइएको उहाले जानकारी दिनु भयो । बिशेषगरि बिघटित संबिधान सभामा प्रस्तुत गरिएको  चितवनलाई बिभाजित गर्ने प्रस्तावको बिरुद्धमा जनमत सृजना गर्न घरदैलोका अवसरमा आह्वान समेत गरिएको उहा“ले जानकारी दिनु भयो । अभियानमा टोली प्रमुख रेग्मीसंगै,जिल्ला सदस्य उदयचन्द्र अर्याल , गाउ कमिटि अध्यक्ष गोबिन्द रिजाल खोलाकी ,शम्भु रेग्मी , हरि ढुड्डाना ,लक्ष्मी अर्याल , देवकी रिमाल , घनश्याम तिमिल्सीना लगायत १ सय ५० जनाको टोलीको सहभागिता रहेको थियो ।
 

Local News

Political News

International News

Sports News