Winamp windows Media Player Real Player QuickTime

पाट्रिको झण्डा छाडेर राष्ट्रिय झण्डा वोक्दै यूवाहरु राष्ट्रिय अभियानमा

२ जेठ
पाट्रिको झण्डा छाडेर राष्ट्रिय झण्डा वोक्दै मेचि देखि निस्किएको लुम्विनि पैदल यात्रा चितवन आईपुगेको छ । राष्ट्रनिर्माणमा यूवा सहभागितालाई प्रभावकारि वनाउन आव्हान गर्दै वैशाख १४ गतेवाट देशका विभिन्न पाच स्थानवाट निस्किएको टोलि मध्ये मेचिवाट निस्किएको टोलि चितवन आईपुगेको हो । १४ अञ्चलवाट स्थिानिय पौरखि यूवाहरुले अञ्चलकालागि देखेका सपना ,त्यहाको माटो र पानि लिएर पैदलयात्रामा निस्किएका टोलि लुम्विनि पुग्ने टोलि संयोजक ज्ञानु वरालले जानकारि दिएकि छन् । देशव्यापि पैदलयात्रालाई विवेकशिल पैदलयात्राका रुपमा लिन आग्रह गर्दै यात्रामा सहभागि सुरज दंगालले राम्रो नेपाललाई अझै राम्रो वनाउने अभियानको सुरुवात भएको उनको तर्क छ ।जेठ ११ गते लुम्विनी पुगेर राष्ट्र निर्माणको संकल्प गर्न निस्किएको टोलि लुम्विनि तर्फ नजिकिदै छ । नेपाललाई शान्त र संमृद्ध बनाउन यूवाहरु असक्षम राजनितिक शक्तिहरुको दासत्ववाट मुक्त हुनपर्ने पदैलयात्रामा सहभागि विपिन त्रिपाठिको भनाई छ । मेचि वाट निस्किएको टोलिमा आजसम्म आठ जना सहभागि वन्न पुगेका छन् । सामाजिक सञ्जालमार्फत भेटिएका यूवाहरु हरेक नेपालिको हसिलो मुहार वनाउन भन्दै पदैलयात्रामा निस्किएका हुन् । यूवा अघि सर्छ ,देश अघि वढ्छ भन्ने राष्ट्रिय अभियानमा निस्किएको विकेकशिल नेपालि कुनै ग्रैहसरकारि सस्थावाट सञ्चालित नभएको टोलि संयोजक वरालको भनाई छ । उनीहरुले राष्ट्रीय विकासको कामना गर्दै १५ हजार किलोमिटर पैदलयात्रा गर्ने लक्ष्य लिएको छ । यात्रामा सहभागी टोलीलाई आज भरतपुरमा व्यवसायी श्रीकृष्ण तिमल्सिनाले एक हजार पाँच सय रुपैयासहित खादा ओढाएर सम्मान गर्नुभएको थियो । भने, समाजसेवी यम ठकुरीमल्लले आजको लागि खाना र बस्ने व्यवस्था गर्नुभएको छ ।
 

  • Program on air
  • Program Name: Khulduli Dot Com
  • Program Host: Radio Audio
  • Time duration: 10:15 PM-11:00 PM
  • Next Program
  • Program Name: Station Closure
  • Program Host: ::::::::::::::::::::::::::
  • Time duration: 11:00 PM-11:05 PM

Local News

Political News

International News

Sports News