Winamp windows Media Player Real Player QuickTime

वल प्रयोग गरी ताला फोरियो

२ जेठ
बाल कुमारी कन्या माबी नारायणगढका आन्दोलनरत शिक्षिकाहरुले यही बैशाख २९ गते बाट अनिश्चीतकालन रुपमा गरेको ताला बन्दि आज क्याम्पस प्रशासनले खुलाएको छ ।ब्यबस्थापन समितिको निर्णयको बिरोध गर्दे निस्कासित ६ जना शिक्षिकाहरुले आफुहरुको पुर्नबहालीको माग गर्दे चरणबद्ध आन्दोलन गरिरहेका छन् ।आफुहरुलाई राजनितीक पुर्बागको आधरमा बिस्कासन गरिएको संर्घष समितिका संयोजक मिरा रिमालले जानकारी दिएकी छन । शिक्षिकाहरुले राजनैतिकरण गर्न खोजीएकाले र आर्थिक पक्ष संग जोडिएकाले पनि आफुहरुलाई निकाल्न खोजीएको बताएकी छन ।बिद्यालयले आफुहरुलाई ससम्मान पूर्नबहालि गर्नुपर्ने माग समेत उनिहरुले गरेका छन् । बिद्यालय ब्यबस्थापन समितिको बैशाख १३ गते बसेको बैठकको निर्णय अनुसार बिगत १० बर्ष देखी निजी स्रोतको अस्थाई रुपमा कार्यरत ७ जना शिक्षिकाहरुलाई अवकास भएको निर्णय सुनाएको भएपनि पछि १ जना शिक्षिकालाइ पुनरबहाली गरेको बताइएको छ । बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष रामचन्द्र सापकोटाले शिक्षिकाहरुलाइ निस्कासन नगरी करार समयाबधी सकिएको बताएका छन् ।बिद्यालयको आर्थिक अबस्था कमजोर भएका कारण उनीहरुलाइ पुनरबहाली गर्नै नसकिने बताएका छन् ।
 

  • Program on air
  • Program Name: Collywood CoutDown
  • Program Host: सागर ढुङ्गाना
  • Time duration: 04:10 PM-05:00 PM
  • Next Program
  • Program Name: अर्पण बुलेटिन
  • Program Host: समाचार शाखा
  • Time duration: 05:00 PM-5:30 PM

Local News

Political News

International News

Sports News