Winamp windows Media Player Real Player QuickTime

मदन–आश्रित स्मृति दिवस

३ जेठ
नेकपा एमालेका तत्कालिन महासचिव मदनकुमार भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको निधन भएको आज २० वर्ष पुगेको छ । एमाले र उसका भातृ संगठनहरुले विभिन्न कार्यक्रम गरी मदन आश्रीत दिवस मनाउदैछन् ।२०५० साल जेठ ३ गते पोखरामा भएको एमालेको जिल्ला अधिबेशन सकेर चितवनमा अखिल नेपाल महिला संघको भेलामा आउदै गर्दा भण्डारी र आश्रित चढेको पजेरो जीप दुर्घटनामा परेको थियो । जीपका चालक अमर लामा जिबित रहे भने नेताद्धयको निधन भएको थियो ।रहस्यमय मानिने दुर्घटनाबारे अहिलेसम्म भएका छानवीनले कुनै तथ्य निकाल्न सकेका  छैनन् । दुर्घटनाका साक्षी एवं जीप चालक अमर लामाको समेत हत्या भएपछि दुर्घटना अझै रहस्मय बन्न पुगेको छ ।कम्युनिष्टहरु नागरिकबाट चुनिएर सत्तामा पुग्नुपर्छ भन्ने मान्यताका पक्षपाती भण्डारीले जनताको बहुदलीय जनवादको विकास गर्नुभएको थियो ।मदन भण्डारी र जीवराज आश्रित दुर्घटनामा मृत्यु भएको स्थान दासढुङगामा नेकपा एमाले चितवनले स्मृति सभा गर्दैछ । स्मृति सभालाई एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले सम्वोधन गर्ने कार्यक्रम छ ।
 

  • Program on air
  • Program Name: CIN साझा खवर
  • Program Host:
  • Time duration: 06:00 AM-06:30 AM
  • Next Program
  • Program Name: अर्पण स्थानीय समाचार
  • Program Host:
  • Time duration: 06:30 AM-07:00 AM

Local News

Political News

International News

Sports News