Winamp windows Media Player Real Player QuickTime

अमृतधारा वनद्धारा वृद्धवृद्धा भत्ता वितरण

जेठ ४
वन सरक्षणमा सहयोग गरेको भन्दै पुर्वी चितवनको अमृतधारा सामुदायिक वन उपभोक्ता समुहले आफ्नो सेवा क्षेत्रका वृद्धवृद्धाहरुलाई वृद्ध भत्ता वितरण गरेको छ ।
पुर्वी चितवनको विरेन्द्रनगरमा रहेको अमृतधारा सामुदायिक वन उपभोक्ता समुहले आज एक कार्यक्रम गरी सामाजिक सुरक्षा कार्यक्रम अन्र्तगत ९१ जना वृद्धवृद्धालाई वृद्ध भत्ता वितरण गरेको हो ।   सामाजिक सुरक्षा कार्यक्रम अन्र्तगत ३ जना पुर्ण असत्त,२ जना द्धन्द्धपिडित र ९१ जना वृद्धवृद्धालाई जनही मासिक ५० रुपैयाका दरले एकमुष्ठ ६ सय रुपैया एक कार्यक्रमकाबीच वनले चैनपुरको राष्ट्रिय प्राथमिक विद्यालय टुङ्गरामा सहायक वन अधिकृत भरतप्रसाद पनुहरले वितरण गर्नु भएको थियो  चितवनमानै पहिलो पटक २०६५ साल चैत मसान्त देखी सामाजिक सुरक्षा कार्यक्रम अन्र्तगत सामुदायिक वनले भत्ता वाड्ने अभियान थालेको वनका कार्यालय सचिव लेखप्रसाद खरेलले जानकारी दिनु भयो । सवै उपभोक्तलाई वन संरक्षण तर्फ अग्रसर गराउदै वृद्धवृद्धाले वन संरक्षणमा पुर्याएको अतुलनिय योगदानको कदर गर्दै अभियान थालिएको वनका अध्यक्ष शेरवहादुर सापकोटाले  वताउनु भयो । चैनपुर–४,विरेन्द्रनगर–९ र  खैरहनी–४ मगनीचोक सेवा क्षेत्र रहेको सो वनमा हाल ८ सय ६९ जना उपभोक्ताहरु रहेका छन् ।  एक हजार ८८ हेक्टर क्षेत्रफल रहेको वनले संकलित वन पैदावार विक्रीवितरणबाट आएको रकम वनले खानेपानी,विद्यालय निर्माण,बाटोघाटो निर्माण,आयआर्जन लगायतका काममा सहयोग गर्दै आईरहेको पुर्व अध्यक्ष प्रेमवहादुर रिमालले वताउनु भयो ।
 

Local News

Political News

International News

Sports News