Winamp windows Media Player Real Player QuickTime

कठार उच्च माविमा समिति गठन हुन सकेन,परिक्षाका लागी विद्यालय एक हप्ता वन्द

६ जेठ
धु्रवराज खनाल
पुर्वी चितवनको कठार उच्च माध्यमिक विद्यालयमा डेढ वर्ष वितिसक्दा पनि विद्यालय व्यवस्थापन समिति गठन हुन सकेको छैन । अघिल्लो कार्यसमितिको समयावधि सकिएको लामो समय हुँदा समेत नयाँ समिति गठन हुन नसक्दा विद्यालयमा संचालनमा वाधा पुगेको छ । राजनितिका कारण विद्यालय व्यवस्थापन समिति गठन हुन नसकेको विद्यालय श्रोतले जनाएको छ । समिति गठन नहुँदा जिल्ला शिक्षा कार्यालयबाट पाउने सेवा सुविधामा कटौती हुने विद्यालयका प्राचार्य कमलेश्वर प्रसाद दासले जानकारी दिनुभयो । त्यस्तै समिति नहुँदा गत वर्ष आयोजना गरिएको धनधान्याचलमा वोलकवोल गरेका रकम समेत संकलनमा समस्या परेको उहाँले वताउनु भयो । उच्च मावि संचालनका लागी २०६८ सालमा धान्चायल लगाईएको थियो । विद्यालय व्यवस्थापन समिति गठनका लागी डेढ वर्षको समयमा एक पटक मात्र अभिभावक भेला भएको र सो भेलाबाट समिति गठन गर्न नसकेको विद्यालयका शिक्षक रेवती पाण्डेले वताउनु भयो । गत वर्षबाट उच्च मावि सुरु भएको सो विद्यालयमा हाल करिव ८ सय विद्यार्थी अध्ययनरत छन् । यसैबीच शिक्षक सेवा आयोगको परिक्षाको तयारीका लागी कठार उच्च माध्यमिक विद्यालय एक हप्ताका लागी वन्द गरिएको छ । वर्षे विदा कटौती गरि स्थायी शिक्षक परिक्षाका लागी आईतवार देखि एक हप्ताको लागी वन्द गरिएको विद्यालयले जनाएको छ । यही ९,१० र ११ गते हुने परिक्षामा सो विद्यालयबाट १३ जना शिक्षकहरुले आयोगको परिक्षा दिदैछन् ।
 

Local News

Political News

International News

Sports News