Winamp windows Media Player Real Player QuickTime

चार दलले निर्बाचन चाहेका छैनन् ः राप्रपा नेपालका अध्यक्ष थापा

६ जेठ
राप्रपा नेपालका अध्यक्ष कमल थापाले चार दलले संविधान सभाको निवार्चन नचाहेको आरोप लगाउनुभएको छ । कार्यकर्ता भेटघाटका शिलशिलामा सोमबार दिउसो भरतपुर आउनु भएका नेता थापाले  एकिकृत नेकपा माओवादि, नेपाली काग्रेस, नेकपा एमाले र मधेस वादिदलहरुले संिवधान सभाको चुनाव प्रति ईमान्दारीता नदेखाएका कारण निर्बाचन नचाहेको पुष्टि भएको बताउनु भयो । चार दलको स्बार्थ पुर्ति नहुदा सम्म मुलुकमा निर्बाचनको मिति घोषणा हुन नसक्ने पनि थापाले ठोकुवा गर्नुभयो ।ठुला राजनैतिक दलहरुले परिवर्तनलाई संस्थागत गर्न नसक्दा जनता वाट दण्डित हुने भयले चुनावलाई कुनै न कुनै भय वाट पन्छाउन चाहेको उहाको आरोप थियो । चार राजनैतिक दलको लाचार छायाको रुपमा वर्तमान सरकार रहेको भन्दै उहाले स्वतन्त्र तवर वाट निर्णय गरेर  अगाडि वढ्न सरकार लाई सुझाब दिदै हिम्मत र साहसका साथ अघि बढ्न आग्रह गर्नुभयो । चुनावि सरकार निर्माण भएको दुई महिना बिति सक्दा सम्म चुनावको मिति घोषणा हुन नसक्नु चारदलको सिन्डीकेटको प्रभाव र हस्तक्षेप सरकारमा झन झन वढ्दै गएको पुष्टि भएको बताउदै अध्यक्ष थापाले दोश्रो संबिधान सभाको निर्वाचन हुने नहुनेमा अझै दुविधा रहेको टिप्पणी गर्नुभयो ।
 

  • Program on air
  • Program Name: Collywood CoutDown
  • Program Host: सागर ढुङ्गाना
  • Time duration: 04:10 PM-05:00 PM
  • Next Program
  • Program Name: अर्पण बुलेटिन
  • Program Host: समाचार शाखा
  • Time duration: 05:00 PM-5:30 PM

Local News

Political News

International News

Sports News