Winamp windows Media Player Real Player QuickTime

आगामी चुनावबाट काग्रेशको एकलौटी सरकार नेता आचार्य

६ जेठ
नेपाली काँग्रेसका केन्द्रीय सदस्य नरहरि आचार्यले दोश्रो संविधान सभाको निर्वाचनबाट नेपाली काँग्रेसले एकलौटी सरकार चलाएर संविधान वनाउने दावी गर्नु भएको छ । नेपाली काँग्रेस चितवनले सुरु गरेको एक महिले चुनावी अभियान अन्र्तगत सोमवार पूर्वी चितवनको कठार गाविसमा कार्यकर्ता प्रशिक्षण कार्यक्रममा उहाँले अघिल्लो संविधान सभामा एमाओवादी ठुलो शक्ति वनेकै कारण संविधान बन्न नसकेको बताउनु भयो । नेता आचार्यले काँग्रेस अवको निर्वाचनमा ठुलो पार्टी वन्ने र जनताले चाहेको संविधान वनाउने वताउनु भयो । नेता आचार्यले काँग्रेस बाहेक अन्य पार्टीले संविधान वनाउन नसक्ने जिकिर गर्नुभयो । उहाँले आफ्नो पार्टीलाई संविधान सभा निर्वाचनमा ठुलो शक्ति वनाउन सक्रिएता पुर्वक लाग्न कार्यकर्तालाई आग्रह समेत गर्नुभयो । पहिलेका तिता कुराहरुलाई विर्सिएर पार्टी एक ढिक्का भएर अगाडी वढ्नु पर्ने नेता आचार्यको भनाई थियो । पहिलेका तिता कुराहरुलाई विर्सिएर पार्टी एक ढिक्का भएर अगाडी वढ्नु पर्ने  नेता आचार्यको भनाई थियो । कठार ३ मा भएको प्रशिक्षण कार्यक्रममा करिव एक सय कायर्कर्ताको सहभागीता रहेको थियो । कार्यक्रम काग्रेश कठार गाँउ कमिटि सभापति दुधवहादुर गुरुङको अध्यक्षतामा भएको थियो । चुनावी अभियान अन्र्तगत आजै विरेन्द्रनगर गाविसमा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।  

 
  • Program on air
  • Program Name: Arpan Subha Sanjh
  • Program Host: Som Kumar
  • Time duration: 07:00 PM-07:30 PM
  • Next Program
  • Program Name: CIN Sajha Khabar
  • Program Host: CIN
  • Time duration: 07:30 PM-08:00 PM

Local News

Political News

International News

Sports News