Winamp windows Media Player Real Player QuickTime

ताला खुल्ने कहिले

६ जेठ
कलेज प्रशासनको आडमा नेबिसंघले सयजना भन्दा बढी बिद्यार्थी बिना शुल्क भर्ना गरेको भन्दै अखिल संयुक्तले भरतपुरको मैयादेवी कन्या कलेजको लेखा शाखामा लगाएको ताला खुल्न सकेको छैन ।विद्यार्थी भर्नाको समायावधि सकिसक्दा समेत क्याम्पस प्रशासनको मीलेमतोमा नेवीसंघले उधारोमा विद्यार्थीहरु भर्ना गरेपछि त्यसको विरोधमा अखिल संयुक्तले लेखाशाखामा अनिश्चित कालका लागि तालाबन्दी गरेको हो ।आगामी जेठ २३ गते हुन गइरहेको स्बबियू चुनाब नजिकिदै गर्दा कलेजसंग मिलेर नेबिसंघले अवैधानीक तरिकाले ठुलो संख्यामा बिद्यार्थी भर्ना गरेको बिरोधमा तालाबन्दी गरिएको बताउदै भर्ना खारेज नभएसम्म तालाबन्दी नखोल्ने स्वतन्त्र विद्यार्थी युनियन मैदादेवी कन्या कलेजकी सभापति निशा अधिकारीले बताउनु भयो ।अखिल संयुक्तमा एमाओवादी निकट अखिल क्रान्तिकारी ,एमाले निकट अनेरास्ववियु , माओवादी निकट अखिल क्रान्तिकारी र अखिल छैंठौ रहेका छन् ।
 

  • Program on air
  • Program Name: CIN साझा खवर
  • Program Host:
  • Time duration: 06:00 AM-06:30 AM
  • Next Program
  • Program Name: अर्पण स्थानीय समाचार
  • Program Host:
  • Time duration: 06:30 AM-07:00 AM

Local News

Political News

International News

Sports News