Winamp windows Media Player Real Player QuickTime

खेतवारीको सरसफाईमा ध्यान दिन कृषिविज्ञले सुझाव

७ जेठ
धुर्वराज खनाल
वालीमा लाग्न सक्ने रोगबाट वच्नका लागी खेतवारीको सरसफाईमा ध्यान दिन कृषिविज्ञले सुझाव दिएका छन् । विभिन्न रोगबाट वच्नका लागी खेतवारीको आलीमा झाडी नराख्न , खेत वाँझो राख्न नहुने कृषिविज्ञको भनाई छ । झाडी र वाँझो खेतमा किरा वस्ने हुँदा झाँडी मास्नु पर्ने र वाँझो खेत जोतर राख्दा खेतवाली आक्रमण गर्ने किरा न्युनिकरण हुने जिल्ला कृषि विकास कार्यालय चितवनका वरिष्ठ वाली संरक्षण अधिकृत शिवप्रसाद रिजालले रेडियो अर्पणलाई वताउनु भयो । त्यस्तै फौजी किराले आक्रमण गर्ने संकेत देखिएदेखिनै पानी जम्मा गर्नु पर्ने र खेतका छेउछेउमा खाल्डो खनेर झार राख्दा किराहरु त्यही लुकेर वस्ने हुँदा वालीमा आक्रमण गर्न नसक्ने  उहाँको भनाई छ । किरा देख्ने वित्तिकै विषादी प्रयोग गर्ने कृषकहरुको वानी रहेको हुँदा वुझेर मात्र औषधी प्रयोग गर्न रिजालको सुझाव छ । सवै किरा शत्रु हुदैनन रिजालले भन्नुभयो–किरा देख्ने वित्तिकै औषधी प्रयोग गर्दा वालीलाई असर गर्छ त्यसैले
खेतको सवैतिर अनुगमन गरी औषधी प्रयोग गर्नु राम्रो हुन्छ । सुख्खाको समयमा फौजी किरा र फड्के किराले सक्रमण गर्ने हुँदा नियमित वालीको अनुगमन गर्न रिजालले कृषकहरुलाई आग्रह गर्नु भएको छ । वढ्दो रासायनिक मल र विषादीका कारण माटोको उर्वरा शक्तिमा ह्रास आउने हुँदा प्रांगारिक मलको प्रयोगमा कृषिविज्ञको जोड छ । प्राङ्गारिक मलको प्रयोगले मित्रजीवको संरक्षण हुने हुँदा माटो उर्वर हुने र वालीनाली पनि राम्रो भई उत्पादन वढ्ने उनीहरुको भनाई छ ।

 
  • Program on air
  • Program Name: अर्पण शुभ साँझ
  • Program Host: प्रतीक्षा पौडेल
  • Time duration: 7:00 PM-7:30 PM
  • Next Program
  • Program Name: CIN को साझा खबर
  • Program Host: CIN
  • Time duration: 7:30 PM-8:00 PM

Local News

Political News

International News

Sports News