Winamp windows Media Player Real Player QuickTime

चितवनको कोराकमा पहिलो पटक गाडी पुग्यो

१० जेठ
धु्रवराज खनाल
चितवनको विकट गाविस कोराकको किरानटारमा पहिलोपटक गाडी पुगेको छ । पहिलो पटक सो ठाँउमा गाडी पुगेपछि स्थानियवासीले गाडीलाई पुजा गर्दै खुसीयाली मनाएका छन् । गाडी पुगेपछि स्थानीय किसानले उब्जनी गरेको खाद्यान्न तथा तरकारी बजारसम्म ल्याउनका सहज वनेको छ ।  
चेपाङको बाहुल्यता रहेको सो क्षेत्रमा नेपाल ग्रामीण पुननिर्माण परियोजना (आरआरएन) ले १५ लाख रुपैयाँ सहयोग उपलब्ध गराएपछि गाउमा गाडी पुगेको हो । गाविसकै पहिलो सहकारी कोराक साना किसान सहकारीले सञ्चालन गर्न पाउने गरी महिन्द्रा जिप खरिद गरिएको परियोजनाका निर्देशक वीरेन्द्र अधिकारीले जानकारी दिनुभयो ।
 

Local News

Political News

International News

Sports News