Winamp windows Media Player Real Player QuickTime

ट्यांकर दुर्घटनामा ३ को मृत्यु

१० जेठ
चितवनको दारेचोक नजिकको घोप्टेभिरबाट त्रिशुलीमा ट्यांकर खस्दा तीन जनाको मृत्यु भएको छ । बाराको अमलेखगञ्जबाट पेट्रोल लिएर काठमाडौं जाँदै गरेको ट्यांकर  ना ४ ख ३२६४ नम्बरको ट्यांकर दुर्घटना भएर आगो लाग्दा ट्यांकरका चालक गोपालसिंह लामा र उनका सहयोगी दुई सुरेश लामा र प्रकाश बिष्टको मृत्यु भएको हो । पेट्रोलबाट सल्केको आगोमा जलेर उनीहरुको मृत्यु भएको हो । पदमपोखरी ८ मकवानपुरका ३८ बर्षीय गोपालसिहं लामाको शव पहिचान भए पनि अन्य दुईजनाको शव जलेर नष्ट भएकाले पहिचान गर्न नसकिएको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ । दुर्घटनाग्रस्त ट्याङकर पनि जलेर पुर्णरुपमा नष्ट भएको छ ।
 

Local News

Political News

International News

Sports News