Winamp windows Media Player Real Player QuickTime

२६ किलो चरेससहित ५ जना पक्राउ

११ जेठ
धु्रवराज खनाल
चितवनको नारायणगढबाट आज विहान ठुलो परिमाणमा लागु औषध चरेससहित ५ जना पक्राउ परेका छन् । शरीरका विभिन्न भागमा लुकाएर वीरगञ्ज लैजाने क्रममा  चरेससहित उनीहरुलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।  वडा प्रहरी कार्यलय नारायणगढका असई शंकर खड्काको नेतृत्वको टोलीले विशेष सुराकीका आधारमा उनिहरुलाई नारायणगढको सौगात गेष्ट हाउसबाट आज विहान पक्राउ गरेका हुन् । पक्राउ पर्नेमा ३ महिला पनि रहेका छन् । पक्राउ पर्नेमा बाराको सिमरा ६ बस्ने सुमिल खातुन र शेख मोजाई, वीरगञ्ज रानीघाट ११ का शिवशंकर दास र शिला दास, जीतपुर ४ बाराकी सुमिना खानुत छन् ।  पक्राउ परेका पाँचै जनालाई जिल्ला प्रहरी कार्यलय चितवनमा राखिएको छ । उनिहरुलाई लागु औषध ओसार प्रसार ऐन सम्वन्धि मुद्धा चलाईने जिल्ला प्रहरी कार्यलय चितवनले जनाएको छ ।  
 

  • Program on air
  • Program Name: अर्पण स्थानीय समाचार
  • Program Host:
  • Time duration: 06:30 PM-07:00 PM
  • Next Program
  • Program Name: अर्पण शुभ साझ
  • Program Host:
  • Time duration: 07:00 PM-07:30 PM

Local News

Political News

International News

Sports News