Winamp windows Media Player Real Player QuickTime

जातीयताकोे आधारमा देश संघीयतामा जान नसक्ने पुर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेको भनाई

११ जेठ
नेकपा एमालेका पोलिटब्युरो सदस्य एवंम पुर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले जातीयताकोे आधारमा देश संघीयतामा जान नसक्ने बताउनुभएको छ । जातीय आधारमा संघीय राज्य बनाए देशमा आन्तरिक द्धन्द्ध बढने र देश गृहयुद्धमा जाने समेत बताउनुभयो । नेकपा एमाले जुटपानी गाउँ कमिटीले आज आयोजना गरेको छैठौं बैठक एवम् प्रशिक्षण कार्यक्रममा वोल्दै उहाँले कांग्रेस र माओवादीले जस्तो ढाटछलको राजनीति नगरेकोले  अबको निर्वाचनमा नेकपा एमाले देशकै पहिलो शक्ति बन्ने दावी गर्नुभयो ।  पाण्डेले मध्यपहाडी लोकमार्गमा १० वटा पहाडी शहर स्थापना गरी देशलाई आर्थिक रुपमा संवृद्ध बनाउन सकिने बताउनु भयो । आफु अर्थ मन्त्री हुदा सुरु गरेको सो मार्गको काम अहिले भईरहेको जानकारी गराउदै उहाँले तराईमा जनसंख्याको चापलाई कमी ल्याउन र पहाडी क्षेत्रको विकासमा सो मार्ग कोसेढुंगा सावित हुने विश्वास व्यक्त गर्नु भयो । पूर्व अर्थ मन्त्री पाण्डेले नवलपरासीको दाउन्ने देखि पूर्वी चितवनको समथर खण्ड सम्मलाई मिलाएर एउटा संवृद्ध सहरको रुपमा व्यापारिक केन्द्र बनाउन समेत आफुले योजना अगाडी बढाएको उहाँले बताउनु भयो । यसैबीच     संबिधान सभा निर्बाचनलाई मध्यनजर गर्दै नेकपा एमालेले शुरु गरेको एक महिने अभियान अन्र्तगत  आज पुर्बि चितवनको बछौलीमा गाबिस स्तरीय अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । गाउ कमिटि , वडा कमिटि , भातृ संगठन र जनबर्गिय संगठनका प्रमुख तथा प्रतिनिधिहरुको सहभागिता रहेको कार्यक्रममा नेकपा एमाले पोलिट ब्युरो सदस्य सुरेन्द्र पाण्डे , केन्द्रिय अनुसासन बिभाग सचिव हरि सापकोटा , राष्ट्रीय प्रतिनिधि परिषद सदस्यद्धय दाबा दोर्जे लामा , प्रभा बराल र एमाले जिल्ला सचिव तेजेन्द्र खड्काले प्रशिक्षण दिनु भएको थियो ।     गाउ कमिटि अध्यक्ष गोबिन्द रिजाल खोलाकीको अध्यक्षतामा कार्यक्रम भएको थियो ।
 

Local News

Political News

International News

Sports News