Winamp windows Media Player Real Player QuickTime

ट्रकको ठक्करबाट ट्रकका सहचालकको मृत्यु

जेठ १४
धुर्वराज खनाल
पुर्व पश्चिम राजमार्ग अन्र्तगत चितवनको खैरहनीमा गयराती दुई वटा ट्रक एक आपसमा ठोक्किएर भएको दुर्घटनामा १ जनाको मृत्यु भएको छ भने अर्का एक जना गम्भीर घाईते भएका छन् । खैरहनी २ सिमलटाँडी नमुना पेट्रोल पम्प अगाडी विग्रीएर मर्मत गर्दै गरेको ना १ ख ८६७२ नम्वरको ट्रकलाई पुर्वबाट आउँदै गरेको  ना ४ ख ३९७८ नम्वरको ट्रकलाई राती साँढे १० वजेतिर ठक्कर दिदा दुर्घटना भएको हो । दुर्घटनामा ८६७२ नम्वरको ट्रक मर्मत गरिरहेको अवस्थामा सोही ट्रकका सहचालक तनहुँ दमौलीका २१ वर्षिय केशवहादुर थापाको मृत्यु भएको हो भने चालक दमौलीकै गणेशवहादुर थापा घाईते भएका इलाका प्रहरी कार्यालय खैरहनीका सहायक प्रहरी निरीक्षक ऊमानाथ आचार्यले जानकारी दिनुभयो  । दुर्घटनामा सहचालकको घटनास्थलमै मृत्यु भएको थियो । घाईते भएका चालक थापाको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भईरहेको छ । ठक्कर दिने ट्रक र ट्रकका चालक प्रहरीको नियन्त्रणमा रहेको छ ।
 

  • Program on air
  • Program Name: मेरो देश मेरो गौरव
  • Program Host: शुसिल
  • Time duration: 08:05 AM-09:00 AM
  • Next Program
  • Program Name: नेपालवाणी समाचार
  • Program Host: नेपालवाणी नेटवर्क
  • Time duration: 09:00 AM-09:15 AM

Local News

Political News

International News

Sports News