Winamp windows Media Player Real Player QuickTime

चितवनमा स्ववियु निर्वाचन हिंसात्मक हुने सकेत,क्याम्पसबाट हतियार बरामद

जेठ १५ गते
धु्रवराज खनाल
स्ववियु निर्वाचन नजिकिदै गर्दा चितवनमा निर्वाचन हिंसात्मक हुने संकेत देखा परेको छ । स्ववियु निर्वाचन हुने रामपुर कृषि क्याम्पसबाट हिजो साँझ प्रहरीले केही हतियार बरामद गरेको छ । क्याम्पसमा विद्यार्थी संगठनहरुबीच झडप हुन लागेको भन्ने सुचनाका आधारमा जिल्ला प्रहरी कार्यालयले होस्टेलका वार्डेनको प्रत्यक्ष उपस्थितीमा गरेको खानतलासीका क्रममा विभिन्न हतियार बरामद गरेको हो । खानतलासीका क्रममा प्रहरी होस्टेलमा लुकाई छिपाई राखेको अवस्थामा ४ थान तरवार,फलामको रड ३ थान ,लठ्ठी एक सय १३ थान र सयौ सख्यामा रहेका वियर तथा रक्सीका वोतलहरु वरामद गरेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । घटनाका सम्वन्धमा थप अनुसन्धान भईरहेको  प्रहरीको भनाई छ ।


  • Program on air
  • Program Name: Bani Bahas
  • Program Host: Rishi Dhamala
  • Time duration: 06:30 AM-07:00 AM
  • Next Program
  • Program Name: Arpan Local News
  • Program Host: News Desk
  • Time duration: 07:00 AM-07:15 AM

Local News

Political News

International News

Sports News