Winamp windows Media Player Real Player QuickTime

धानको बालामा गवारो लाग्दा किसान चिन्तित

१७ जेठ
धुर्वराज खनाल
पुर्वी चितवनका कृषकहरु धानमा गवारो रोग लागेपछि चिन्तित वनेका छन् ।  कठार,कुमरोज,वछौली,भण्डारा विरेन्द्रनगरका कृषकहरु धानको बाला लागिसकेपछि यस्तो रोग देखा पर्दा चिन्तित वनेका हुन् । बाला नलाग्दा सम्म यस क्षेत्रका धानमा  कुनै रोग देखिएको थिएन् । वेलैमा गवारोको औषधी उपचार पद्धति राम्रो नहुँदा यस्तो समस्या देखिएको कठार शान्तिवजारका कृषक हरिप्रसाद सापकोटाले वताउनु भयो ।सापकोटाका अनुसार प्रत्येक किसानको धानखेतीमा १५ प्रतिशत गवारोको समस्या देखिएको छ । गवारो लागेका धानका बोटमा बाला सुकेका छन् जसले गर्दा धान उत्पादन कमी आउने कृषकहरुले गुनासो गरेका छन् । विभिन्न थरीका औषधी वजारमा आउने गरेको र रोग अनुसारको औषधी छनौट गर्न नसक्दा प्रत्येक वर्ष किसानहरु यस्तो समस्यामा पर्दै आएका छन् । प्रत्येक वर्ष जसो देखिने यो रोगका कारण कडा खालको विषादी प्रयोग गर्ने गर्नाले माटोको उर्वराशक्तिमा ह्रास समेत आईरहेको छ ।
 

  • Program on air
  • Program Name: अर्पणमा व्यवसायी
  • Program Host:
  • Time duration: 5:30 PM-06:00 PM
  • Next Program
  • Program Name: नेपालवाणी समाचार
  • Program Host: नेपालवाणी नेटवर्क
  • Time duration: 06:00 PM-06:30 PM

Local News

Political News

International News

Sports News