Winamp windows Media Player Real Player QuickTime

विद्यालयलाई कम्प्युटर सहयोग

१७ जेठ
पुर्वी चितवनको कुमरोज ६ जनकपुर स्थित राष्ट्रिय निम्न माध्यमिक विद्यालयलाई स्थानिय समाजसेवी वुद्धिराज वर्तौलाले २ वटा कम्प्युटर सहयोग गर्नु भएको छ । समाजसेवी वर्तौलाले आज विद्यालयलाई कम्प्युटर हस्तान्तरण गर्नु भएको थियो । सरकारले यो वर्षदेखि ६ कक्षादेखि कम्प्युटर शिक्षा लागु गरेको छ । विद्यालयको आन्तरीक आर्थिक श्रोत नभएकाले दाताहरुले सहयोग गर्ने क्रम जारी रहेको विद्यालयका प्रधानाध्यापक कृष्णप्रसाद तिवारीले जानकारी दिनुभयो । सो विद्यालयमा हाल दुई सय ४ जना विद्यार्थी अध्ययनरत छन् । कम्प्युटर हस्तान्तरण कार्यक्रम विद्यालय व्यवस्थापन समितिका भुतपुर्व अध्यक्ष टिकादत्त वर्तौलाको अध्यक्षतामा भएको थियो ।
 

  • Program on air
  • Program Name: Lok Jhankar
  • Program Host: Pratiksha
  • Time duration: 09:15 AM-10:00 AM
  • Next Program
  • Program Name: Arpan Samachar
  • Program Host: News Depart
  • Time duration: 10:00 AM-10:15 AM

Local News

Political News

International News

Sports News