Winamp windows Media Player Real Player QuickTime

कुमरोज नमुना गोवरग्याँस गाविस घोषणा

जेठ १९
धुर्वराज खनाल
चितवनको कुमरोज गाविसलाई आज नमुना गोवरग्याँस गाँउ विकास समिति घोषणा गरिदैछ । वन तथा भुसंरक्षण मन्त्री टेकवहादुर थापा घर्तीको प्रमुख आतिथ्यतामा नमुना गोवरग्याँस गाविस घोषणा गर्न लागिएको हो । श्री माध्यमिक विद्यालय गवैमा घोषणा कार्यक्रम भईरहेको छ । एक हजार ७ सय ५० घरधुरी रहेको कुमरोज गाविसमा अहिले सम्म एक हजार ३ सय ७४ घरमा गोवरग्याँस निर्माण गरिएको बुढिराप्ती उपभोक्ता समितिका अध्यक्ष कुलप्रसाद भुषालले जानकारी दिनुभयो । वाँकी घरधुरीमा गोवरग्याँस निर्माण कार्य पनि चलिरहेको भुषालको भनाई छ । राष्ट्रिय प्रकृति संरक्षण कोष तथा जैविक विविधता संरक्षण केन्द्र सौराहाको सक्रियता र बुढिराप्ती उपभोक्ता समिति कुमरोजको आयोजनामा नमुना गोवरग्याँस गाविस घोषणा गरिएको हो ।
 

  • Program on air
  • Program Name: अर्पण शुभ साँझ
  • Program Host: प्रतीक्षा पौडेल
  • Time duration: 7:00 PM-7:30 PM
  • Next Program
  • Program Name: CIN को साझा खबर
  • Program Host: CIN
  • Time duration: 7:30 PM-8:00 PM

Local News

Political News

International News

Sports News