Winamp windows Media Player Real Player QuickTime

पिडित परिवारद्धारा सडक अवरुद्ध

जेठ २४
सवारी दुर्घटनामा परि ज्यान गुमाएका चितवन रत्ननगर ३ का गंगाबहादुर पराजुलीका आफन्त र स्थानीयले आज विहान पुर्वपश्चिम राजमार्ग १ घण्टा अवरुद्ध गरेका छन् । पराजुलीलाई ठक्कर दिने गाडीको पहिचान गर्नु पर्ने र क्षतीपुर्तीको माग गर्दै शहिद स्मृति क्याम्पस अगाडी उनीहरुले सडक अवरुद्ध गरेका हुन् । घटनाका सम्वन्धमा दिउसो जिल्ला प्रहरी कार्यालयमा वार्तामा वस्ने सहमती भएपछि अवरुद्ध सडक विहान साँढे ८ वजेपछि खुलेको थियो । घटनामा मृत्यु भएका पराजुलीका श्रीमती सरस्वती सडकमा सुतेर सांकेतिक विरोध स्वरुप सडक अवरुद्ध गरेका थिए । रत्ननगर ३ शान्तिचोक वस्ने गंगावहादुर पराजुलीलाई हिजो विहान नम्वर नखुलेको गाडीले ठक्कर दिदा मृत्यु भएको थियो ।
 

  • Program on air
  • Program Name: Khulduli Dot Com
  • Program Host: Radio Audio
  • Time duration: 10:15 PM-11:00 PM
  • Next Program
  • Program Name: Station Closure
  • Program Host: ::::::::::::::::::::::::::
  • Time duration: 11:00 PM-11:05 PM

Local News

Political News

International News

Sports News