Winamp windows Media Player Real Player QuickTime

२ ट्याक्टर काठ वरामद

२४ जेठ
धुर्वराज खनाल
पुर्वी चितवनको रत्ननगरमा गयराती सालको काठसहित २ वटा ट्याक्टर प्रहरीले बरामद गरेको छ । रत्ननगर १२ डुम्रीचोक स्थित सडक छेउमा वेवारिसे अवस्थामा दुई वटा ट्याक्टरमा १४ फण्डा सालको काठ वरामद गरेको इलाका प्रहरी कार्यालयले रत्ननगरले जनाएको छ । विरेन्द्रनगरमा रहेको कालिका सामुदायिक वनबाट ल्याएको सो काठसहित ट्याक्टर सुराकीका आधारमा नियन्त्रणमा लिईएको इलाका प्रहरी कार्यालय रत्ननगरका प्रहरी नायव निरीक्षक वद्रि पौडेलले जानकारी दिनुभयो । गयराती साँढे ९ वजेतिर नियन्त्रणमा लिईएको काठ र ट्याक्टररातीनै जिल्ला वन कार्यालय पठाईएको पौडेलले वताउनु भयो । सामुदायिक वनकै उपभोक्ताले   चिरानका लागी लैजान लागेको हुने सक्ने प्रहरीले अनुमान गरेको छ । कसले र कहाँ लैजान लागेको भन्ने सम्वन्धमा अनुसन्धान भईरहेको प्रहरी नायव निरीक्षक पौडेलले वताउनु भयो । इलाका प्रहरी कार्यालय रत्ननगरले काठ तस्करलाई नियन्त्रणमा लिने र लागु औषध नियन्त्रण गर्ने मुख्य प्राथमिकता दिएको छ ।     
 

  • Program on air
  • Program Name: Just For Enjoy
  • Program Host: Som Kumar / Rajan Dil
  • Time duration: 11:10 AM-12:00 PM
  • Next Program
  • Program Name: Nepalbani News
  • Program Host: Nepalbani Network
  • Time duration: 12:00 PM-12:15 PM

Local News

Political News

International News

Sports News