Winamp windows Media Player Real Player QuickTime

नेपाल वित्तिय कर्मचारी युनियन डिप्रोक्स लघुवित्त विकास बैंक लिमिटेडको अध्यक्षमा यादव

जेठ २५
नेपाल वित्तिय कर्मचारी युनियन डिप्रोक्स लघुवित्त विकास बैंक लिमिटेडको अध्यक्षमा धमेन्द्रकुमार यादव निर्वाचीत हुनु भएको छ । वैंकको आज पुर्वी चितवनको विरेन्द्रनगरमा सम्पन्न प्रथम राष्ट्रिय अधिवेशनले सर्वसम्मत यादवको अध्यक्षतामा १७ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । समितिको वरिष्ठ उपाध्यक्षमा कृष्णदेव यादव,उपाध्यक्षमा अम्मरनाथ सेढाई,महासचिवमा दिपक पराजुली,सचिवमा हिरामणी सिलवाल,कोषाध्यक्षमा विनोद शाह रौनियार चयन हुनु भएको छ । त्यस्तै अधिवेशनले प्रकास लामिछाने,जग्यानाम राम यादव,अर्जुन प्रसाद सुवेदी,संजयकुमार पासवान,जितेन्द्र कुमार शाह,इन्द्रनारायण यादव,विक्रम जिसी,भिष्मराज वर्तौला,लेखराज सुवेदी,निर्मल कुमार सिंह र ज्योती पौडेललाई सदस्यमा चयन गरेको छ । निवर्तमान कार्यवहाक अध्यक्ष धमेन्द्रकुमार यादवको अध्यक्षता तथा नेपाल टेड्र युनियन काग्रेश स्वतन्त्रका केन्द्रिय सदस्य भरत खनालको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो । कार्यक्रमको उद्घाटन शत्रमा वोल्दै युनियनका सल्लाहाकार होमप्रसाद वजगाँई,नेपाल राष्ट्रिय कर्मचारी संगठनका सचिव प्रेम अमगाँई,युनियन जिल्ला अध्यक्ष अर्जुन मर्हजन,नेपाल टे«ड युनियन काग्रेश स्वतन्त्रका चितवन अध्यक्ष लक्ष्मण भट्टराई,नेपाल वित्तिय संगठन कर्मचारी संघका वरिष्ठ उपाध्यक्ष ऋषिराम आचार्य,वित्तिय संस्था कर्मचारी संघका केन्द्रिय अध्यक्ष गणेश केशी लगायतले श्रमिकहरु युनियन खडा गरेर राजनितिक छाँयामा पर्न नहुने भन्दै श्रमिककै हक अधिकारका विषयमा आवाज उठाउनु पर्नेमा जोड दिएका थिए ।
 

  • Program on air
  • Program Name: Arpan Subha Sanjh
  • Program Host: Pratiksha
  • Time duration: 06:30 PM-07:00 PM
  • Next Program
  • Program Name: Sajha Khabar
  • Program Host: CIN
  • Time duration: 07:30 PM-08:00 PM
  • Program on air
  • Program Name: Arpan Local News
  • Program Host: News Depart
  • Time duration: 06:30 PM-07:00 PM
  • Next Program
  • Program Name: Station Closure
  • Program Host: ::::::::::::::::::::::::::
  • Time duration: 11:00 PM-11:05 PM

Local News

Political News

International News

Sports News