Winamp windows Media Player Real Player QuickTime

विविसी प्रमुख रविन्द्र मिश्र सम्मानित

जेठ २५
बिबिसी नेपाली सेवाका प्रमुख रविन्द्र मिश्र वुद्धि खगी दान स्मृति राष्ट्रिय पुरस्कारबाट सम्मानित हुनु भएको छ । पत्रकारीतासंगै सामाजिक कार्यक्रममा उल्लेख भुमिका निर्वाह गरेको भन्दै  वुद्धि खगी दान स्मृति प्रतिष्ठान चितवनले आज पुर्वी चितवनको रत्ननगरमा मिश्रलाई सम्मान गरेको हो । कार्यक्रमका प्रमुख अतिथी चितवनको विकट पहाडी गाविस सिद्धीको ओढारमा जिवन विताउँदै आएका वन्दीपुरे चेपाङले मिश्रलाई नगद २५ हजार १११ रुपैयाको राशी रहेको पुरस्कारबाट मिश्रलाई सम्मान गर्नु भएको थियो । मिश्रले पाउनु भएको सो पुरस्कारको राशी पुन वन्दीपुरे चेपाङलाईनै हस्तान्तरण गरिएको छ । कान्तिपुर दैनिकका चितवन सम्वाददाता विमल खतिवडाले परोपकारी पत्रकारीता मार्फत वन्दीपुरे चेपाङको परिचय दिएपछि तत्कालिन प्रधानमन्त्री बाबुराम भट्टराई सिद्धी पुगी चेपाङलाई सहयोग गर्नु भएको थियो । सोही समाचार लेखेका खतिवडाले मिश्रले पाउनु भएको सो पुरस्कार वन्दीपुरे चेपाङलाई हस्तान्तरण गर्नु भएको थियो । साथै साहित्यीक क्षेत्रमा पुर्याएको योगदानको मुल्यांकन गर्दै चितवनका साहीत्यकार प्रेम विनोद नन्दनलाई पनि वुद्धि खगी दान स्मृति राष्ट्रिय पुरस्कारबाट सम्मान गरिएको छ ।
 

  • Program on air
  • Program Name: अर्पणमा व्यवसायी
  • Program Host:
  • Time duration: 5:30 PM-06:00 PM
  • Next Program
  • Program Name: नेपालवाणी समाचार
  • Program Host: नेपालवाणी नेटवर्क
  • Time duration: 06:00 PM-06:30 PM

Local News

Political News

International News

Sports News