Winamp windows Media Player Real Player QuickTime

विद्यालय व्यवस्थापन समिति नहुँदा एसएलसीलाई असर

जेठ ३१ गते
धु्रवराज खनाल
पुर्वी चितवनको विरेन्द्रनगरमा रहेको विरेन्द्र आर्दश उच्च माध्यमिक विद्यालयमा एक वर्ष वितिसक्दा पनि व्यवस्थापन समिति गठन हुन सकेको छैन । अघिल्लो व्यवस्थापन समिति  वि.सं. २०६८ सालको फागुनमा विगठन भए पनि सहमती जुट्न नसक्दा नयाँ समिति गठन हुन नसकेको हो । राजनितिक दाउ पेचका कारण समिति गठन हुन नसकेको विद्यालयले जनाएको छ । विभिन्न दलले आआफ्नो व्यक्तीलाई अध्यक्ष वनाउनु पर्ने अडान नछाडेपछि समिति गठनमा समस्या देखिएको विद्यालयका प्राचार्य केशवमणी सिग्देलले जानकारी दिनुभयो । पछिल्लो समय सवै क्षेत्रमा राजनितिक सहमती हुने गरेको छ प्राचार्य सिग्देलले भन्नुभयो–अभिभावकलाई मात्र वोलाएर समिति गठन गरिएको भए पहिलेनै गठन हुन्थ्यो राजनितिले गर्दा धेरै अठ्यारो पारेको छ । अघिल्लो व्यवस्थापन समिति विगठन भएपछि नयाँ समिति गठनका लागी ५ पटक अभिभावक भेला वोलाईए पनि सहमती जुट्न नसकेको सिग्देलले वताउनु भयो । व्यवस्थापन समिति गठन नहुँदा यस वर्षको एसएलसी परिक्षाको नतिजामा समेत असर गरेको विद्यालयले दावी गरेको छ । विद्यालयमा रिक्त शिक्षक पद पुर्ती नहुँदा यस वर्षको एसएलसीमा राम्रो नतिजा ल्याउन नसकेको पनि एउटा कारण हो प्राचार्य सिग्देलले भन्नुभयो । सो विद्यालयमा गत वर्ष सामाजिक विषयको शिक्षकको पद रिक्त थियो । साथै व्यवस्थापन समिति नहुँदा विद्यालयका अन्य क्रियाकलापमा समेत प्रभाव पारेको विद्यालयले जनाएको छ ।


  • Program on air
  • Program Name: Lok Jhankar
  • Program Host: Pratiksha
  • Time duration: 09:15 AM-10:00 AM
  • Next Program
  • Program Name: Arpan Samachar
  • Program Host: News Depart
  • Time duration: 10:00 AM-10:15 AM

Local News

Political News

International News

Sports News