Winamp windows Media Player Real Player QuickTime

उत्कृष्ठ अंक ल्याउने अर्पणद्धारा सम्मानित

३१ जेठ
रेडियो अर्पण १०४.५ मेगाहर्जले २०६९ सालको एसएलसी परिक्षामा निजी विद्यालय तर्फबाट प्रथम हुने छात्र छात्रालाई सम्मान गरेको छ । छात्र तर्फ रत्ननगरमा रहेको हिमालय आवासीय माविबाट एलएसली दिएका प्रकास चौधरी र छात्रा तर्फ पंचकन्या विद्या मन्दिरकी सोनम कलवारलाई रेडियोले सम्मान गरेको हो । सम्मान  कार्यक्रममा रेडियो अर्पण १०४.५ मेगाहर्जका सचिव मोहदत्त पौडेल ,लेखा समिती सदस्य हेमराज आर्चाय तथा रेडियो अर्पणको कर्मचारीको उपस्थीतीमा मेधावी छात्र छात्रालाई अविर लगाइ खादा ओढाएर रेडीयो अर्पणका कार्यकारी अध्यक्ष वेद प्रसाद आचार्यले बधाइ एवम शुभकामना व्यक्त गर्नु भएको थियो । साथै रेडियो अर्पणले जिल्ला प्रथम भएका विद्यार्थीहरु चौधरी र कलवारसंग एस एल सी को बारेमा प्रत्यक्ष स्टुडियोमा अन्र्तक्रिया समेत गरेको थियो । परिक्षामा चौधरीले ७ सय ३१ तथा कलवारले ७ सय २४ अंक ल्याउनु भएको थियो ।
 

  • Program on air
  • Program Name: अर्पणमा व्यवसायी
  • Program Host:
  • Time duration: 5:30 PM-06:00 PM
  • Next Program
  • Program Name: नेपालवाणी समाचार
  • Program Host: नेपालवाणी नेटवर्क
  • Time duration: 06:00 PM-06:30 PM

Local News

Political News

International News

Sports News