Winamp windows Media Player Real Player QuickTime

प्लाईउड गोदाममा आगलागी हुदा १ करोड भन्दा वढिको क्षति

असार २ गते
चितवन भरतपुरको हाकीम चोकमा रहेको एक प्लाईउड गोदाममा भिषण आगलागी हुदा एक करोड भन्दा वढिको क्षती भएको छ ।  भरतपुर नगरपालिका बडा नम्बर १० हाकिम चोकमा रहेको मञ्जुश्री प्याईउड गोदाममा बिहान सबा ४ बजे आगो लागेको थियो । भरतपुर नगरपालिकाको दुई बटा र हेटौडाबाट आएको एउटा बारुण यन्त्र , नेपाली सेना , सशस्त्र प्रहरी , जनपथ प्रहरी र स्थानियबासीको सहयोगमा करिब ४ घण्टा पछि विहान ८ वजेतिर नियन्त्रणमा लिईएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी निरीक्षक जीवलाल चुँदालीले जानकारी दिनुभयो । नमराज लामिछानेले सञ्चालन गर्नु भएको सो प्लाइउड गोदाममा बिद्युत्त सर्ट भएर आगलागी भएको प्रहरीले अनुमान गरेको छ । आगलागी बाट करिब १ करोड भन्दा वढिको क्षती भएको सञ्चालक लामिछानेले बताउनु भयो ।  
 

Local News

Political News

International News

Sports News