Winamp windows Media Player Real Player QuickTime

आयआर्जन सम्वन्धी तालिम

असार ३
महिलाहरुको लागी आयआर्जन सम्वन्धी पाँच दिने तालिम सोमवार देखि रत्ननगर ७ मा सुरु भएको छ । ज्योर्तिमय सामुदायिक अध्ययन केन्द्रको आयोजना तथा जिल्ला शिक्षा कार्यालयको सहयोगमा तालिम सुरु भएको हो । तालिममा १८ जना महिला सहभागी छन् । सहभागी मध्येलाई ९÷९ जनालाई दुई समुहमा राखेर तालिम दिईने केन्द्रकी अध्यक्ष शान्ता ढुङ्गानाले जानकारी दिनुभयो । एक समुहलाई तरकारी खेती र अर्को समुहलाई हाँस तथा कुखुरा सम्वन्धी तालिम दिईने उहाँले वताउनु भयो । तालिममा कृषि अधिकृत कृष्णप्रसाद लामिछाने र इश्वरी मिश्रले सहजीकरण गर्नु हुनेछ । केन्द्रकी अध्यक्ष ढुङ्गानाको अध्यक्षतामा तथा रत्ननगर नगरपालिकाका कार्यकारी अधिकृत पुरुषोतम सापकोटाको प्रमुख आतिथ्यतामा उद्घाटन कार्यक्रम भएको थियो ।  
 

  • Program on air
  • Program Name: ॐ ब्रम्ह सन्देश/प्रवचनमाला
  • Program Host:
  • Time duration: 04:00 AM-05:00 AM
  • Next Program
  • Program Name: प्रभात वाणी
  • Program Host: नेपालवाणी नेटवर्क
  • Time duration: 5:30 AM-5:55 AM

Local News

Political News

International News

Sports News