Winamp windows Media Player Real Player QuickTime

वर्षाले किसानलाई चिन्ता

असार ३
पुर्वी चितवनका कृषकहरु लगातार वर्षा भईरहँदा चैते धान भित्र्याउन नपाउँदा चिन्तित वनेका छन् । केही दिन अघि परेको पानीले खासै समस्या नभएपनि सोमवार विहान भएको वर्षाका कारण उनीहरुलाई चिन्ताले छाएको हो ।  कतिपय कृषकहरुले खेतमा पाकेको धान काट्न पाएका छैनन भने  काटेको धान पनि सुकाउन नपाउँदा उम्रने भन्दै चिन्तामा छन् । यति वेला पुर्वी चितवनमा चैते धान धमाधम काट्ने वेला भएको छ । भारी बर्षाले खेतमा काटेर राखेको धान नष्ट पारेपछी पुर्वी चितवनको कुमरोज,कठार,भण्डारा लगायतका क्षेत्रका किसानहरु चिन्तित भएका छन् । भण्डारामा मात्रै करीब ३५ बिगाहा क्षेत्रमा लगाईएको धान, काटेर राखेको अवस्थामा बर्षाले डुबाएको स्थानिय तेजु रुवालीले जानकारी दिनुभयो । एक विगाहा जग्गामा लगाएको धान मध्ये ६ कठ्ठा काटेर थुपारेको र वाँकी खेतमै पानीमा डुवेको भण्डारा १ का झलक प्रसाद त्रिपाठीले वताउनु भयो । यस्तै भण्डारा १ का डल्ले दराईलाई पनि वर्षभरी खाने धान पानीमा डुवेको देख्दा चिन्ताले सताएको छ । अर्काको १० कट्ठा जग्गामा खेती गरेका दराई परिवार मजदुरी गरी जीवन चलाउँदै आएका छन् । यसैगरी यस वर्ष मात्रै ६ कठ्ठा जग्गा कमाएकी सावित्रीलाई पनि पानीले धान खेतमै डुवाएपछि निकै चिन्ता लागेको छ । पुर्वी चितवनलाई धानको पकेट क्षेत्र मानिन्छ ।


Local News

Political News

International News

Sports News