Winamp windows Media Player Real Player QuickTime

संरक्षणको काम प्रभावकारी भएन

१० असार
चितवन राष्ट्रीय निकुञ्ज र महाभारत पर्बत श्रृखला जोड्ने बरण्डाभार जैबिक मार्ग र त्यस भित्र रहेका ताल तलैया संरक्षणका लागि बिभिन्न प्रयास भएपनि काम प्रभावकारी हुन नसकेको आज नारायणगढमा आयोजित कार्यक्रममा जोड दिइएको छ । यसका सबै सरोकारवाला बीच समन्वय र सहकार्यं नहुदा संरक्षणका प्रयास दिगो हुन नसकेको कार्यक्रमका बक्ताको भनाई थियो ।तराई भु परिधि कार्यक्रम तालको सहयोगमा नेपाल पत्रकार महासंघ चितवनले आयोजना गरेको कार्यक्रममा बोल्ने बक्ताले बाघ गैडा लगायत बिश्वमै दुर्लभ मानिएका बन्यजन्तुले आहाराको खोजी तथा बास स्थानका लागि आवत जावत गर्ने महत्वपुर्ण मार्ग भएपनि बरण्डाभार जैबिक मार्ग उच्च जोखिममा रहेको बताएका थिए । यसको आसपासमा रहेका बिभिन्न उधोगले बरण्डाभार क्षेत्रकै मुहानको प्रयोग गरि आफ्ना उत्पादन लिएपनि संरक्षणमा उनिहरुले दायित्व नलिएकोमा समेत ध्यानाकर्षण गराईएको थियो ।
कार्यक्रममा चितवन राष्ट्रीय निकुञ्जका प्रमुख संरक्षण अधिकृत कमलजंग कुवरले तत्कालको आवश्यकता र फाईदा भन्दा दिर्घकालिन हितलाई ध्यानमा राखेर काम गर्न सके जैबिक बिबिधता संरक्षणमा सजिलो हुने बताउनु भयो । सामुदायिक बन उपभोक्ता महासंघ चितवनका महासचिव बिष्णु सापकोटाले बरण्डाभार क्षेत्रमा रहेका स्थानियबासीले संरक्षण गरेका सामुदायिक बन समुदायमा हस्तान्तरण नहुदा जिल्ला बन कार्यालय र स्थानियबासी बीच द्वन्द्वको स्थिति सृजना भएकाले संरक्षणका गतिबिधिमा समेत नकारात्मक प्रभाब परेको बताउनु भयो । कार्यक्रममा चितवनका जिल्ला बन अधिकृत डाक्टर ईन्द्र सापकोटा , , चितवन उधोग संघका अध्यक्ष कृष्ण अधिकारी , उधोग बाणिज्य संघ चितवनका पर्यटन संयोजक बद्री अधिकारी ,भरतपुर नगरपालिकाका बरिष्ठ प्रशासकिय अधिकृत टिकाराम कंडेल , टिकौली मध्यवर्ति सामुदायिक बन उपभोक्ता समितिका अध्यक्ष बुद्धिमान बिक , पञ्चकन्या सामुदायिक बन उपभोक्ता समितिका अध्यक्ष रामबाबु श्रेष्ठ ,बरण्डाभार क्षेत्र सामुदायिक बन हस्तान्तरण संघर्ष समितिका अध्यक्ष पुस्तक गौतम लगायतले बोल्नु भएको थियो ।
कार्यक्रममा तराई भु परिधि कार्यक्रम तालका आयोजना सह ब्यवस्थापक अब्दुल अन्सारीले तालको कार्यक्षेत्र र गरि रहेका काम , जिल्ला बन कार्यालय चितवनका सहायक बन अधिकृत तोयानाथ पौडेलले बरण्डाभार क्षेत्रमा रहेका ताल र तिनिहरुको अवस्था तथा नेपाल पत्रकार महासंघ चितवनका अध्यक्ष जनक अर्यालले संरक्षणमा पत्रकारको भुमिकाका बिषयमा आफ्नो कार्यपत्र प्रस्तुत गरेका थिए ।
कार्यक्रम नेपाल पत्रकार महासंघ चितवनका अध्यक्ष जनक अर्यालको अध्यक्षता तथा चितवनका सहायक प्रमुख जिल्ला अधिकारी शिबराम गेलालको प्रमुख आतिथ्यमा भएको थियो ।

 
  • Program on air
  • Program Name: अर्पण खवर
  • Program Host:
  • Time duration: 08:00 AM-08:10 AM
  • Next Program
  • Program Name: नेपाली आधुनिक
  • Program Host:
  • Time duration: 08:10 AM-08:30 AM

Local News

Political News

International News

Sports News