Winamp windows Media Player Real Player QuickTime

परिक्षणलाई तीव्रता

१० असार
चितवनका पक्षीहरुमा एच–सेभेन भाइरस भए–नभएको बारे जानकारी लिन यसको नमुना सङकलन कार्यलाई तीब्रता दिइएको छ । पक्षीमा लाग्ने एच–सेभेन भाइरसका कारण चीनमा पक्षीका साथसाथै मानिसको समेत ज्यान जानेक्रम बढेपछि एसियाका पक्षीपालन बढी भएको देशमध्ये नेपालका पनि प्रमुख सहरहरुबाट नमुना सङकलन गरिएको छ । सोही क्रममा चितवनको नारायणगढ, भरतपुर, टाँडी र सौराहा क्षेत्रबाट नमुना सङकलन गरिएको छ । यी क्षेत्रका बीस ठाउबाट नमुना सङकलन गरिएको राष्ट्रीय पक्षीरोग अन्वेषण प्रयोगशाला भरतपुरका प्रमुख डाक्टर बोधनाथ अधिकारीले बताउनुभयो । हरेक ठाउबाट तीन किसिमका नमुना सङकलन गरिएको छ । जिउँदो पक्षीबाट र पक्षीजन्य वस्तुको ओसारपसार भएको ठाउको वातावरणबाट नमुना लिइएकोे प्रमुख अधिकारीले बताउनुभयो । एक क्षेत्रबाट १८० वटा नमुना लिइएको भन्दै उहाँले अबको तीन महिनाभित्र केन्द्रीय प्रयोगशालाबाट एच–सेभेन भाइरस छ छैन भन्ने विषयमा एकीन विवरण आउने बताउनुभयो । नेपालको पूर्वाञ्चल, पश्चिमाञ्चल र मध्यमाञ्चलमा नमुना सङकलन कार्य भइरहेको छ । चितवनसहित देशका विभिन्न स्थानमा एच–फाइभ अर्थात् बर्डफुलु र एच–नाइन भाइरसबाट धेरै कुखुरा मरेपछि किसानले ठूलो क्षति ब्यहोर्दै आएका छन् ।
 

Local News

Political News

International News

Sports News