Winamp windows Media Player Real Player QuickTime

निशुल्क आँखा शिविर

१० असार
पूर्वी चितवनको जयमंगला १३ मा रहेको गामवेसीको संरक्षण केन्द्रमा निशुल्क आँखा शिविर,खाद्यान्न तथा औषधि वितरण कार्यक्रम आज सम्पन्न भएको छ । नेपाल औषधि व्यवसायी संघको ४० औं स्थापना दिवशको अवसरमा संघले संरक्षण केन्द्रमा आश्रित वालवालिकाका लागि आखाँ शिविर तथा सामाग्री सहयोग गरेको हो । कार्यक्रममा केन्द्रमा रहेका ४७ जना चेपाङ बालवालिकाको आँखा परीक्षण गरिएको थियो भने प्राथमिक उपचार बाकस र १७ हजार वरावरको खाद्यन्न पनि संंघले वितरण थियो । साथै संघले २ हजार केन्द्रका अध्यक्ष केपीकिरण शर्मालाई हस्तान्तरण गरेको थियो । सोही अवसरमा ग्लोवल मेडिसिन डिस्ट्रीव्युटर्स चितवनका अध्यक्ष सिताराम देवकोटाले केन्द्रलाई रु ५ हजार नगद हस्तान्तरण गर्दै असार १४ गते परेको आफ्नो जन्मोत्सवको अवसरमा केन्द्रलाई एकछाक खानाको व्यवस्था गरिने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । कार्यक्रममा नेपाल औषधि व्यवसायी संघ नारायणी अञ्चल उपाध्यक्ष गोविन्दप्रसाद पौडेलले संघको वार्षिकोत्सवको अवसरमा समाजिक क्षेत्रमा सहयोग गर्ने पूर्व योजना अनुरुप चेपाङ वालवालिकाको स्वास्थ्य परीक्षण तथा विभिन्न सामाग्री सहयोग गरिएको बताउनु भयो । कार्यक्रममा नेपाल औषधि व्यवसायी संघ जिल्ला उपशाखा चितवनका निर्वतमान अध्यक्ष हिरामान महर्जन, संयोजक वद्रिप्रसाद खनाल,केन्द्रका अध्यक्ष केपी किरण शर्मा लगायतले वोल्नु भएको थियो । नेपाल औषधि व्यवसायी संघ जिल्ला उपशाखा चितवनका अध्यक्ष शिवप्रसाद पण्डितको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो । संरक्षण केन्द्रका मकवानपुरको काँकडा सहित चितवनको पहाडी गाविसका ४७ जना चेपाङ वालवालिका आवासीय सुविधा सहित अध्ययन गरिरहेका छन ।
 

  • Program on air
  • Program Name: अर्पण स्थानीय समाचार
  • Program Host:
  • Time duration: 06:30 PM-07:00 PM
  • Next Program
  • Program Name: अर्पण शुभ साझ
  • Program Host:
  • Time duration: 07:00 PM-07:30 PM

Local News

Political News

International News

Sports News