Winamp windows Media Player Real Player QuickTime

सौराहाको क्यासिनोमा नेपालीलाई प्रवेश रोक लगाउन माग

असार १४
धु्रवराज खनाल
नेकपा माओवादीको युवा संगठन राष्ट्रिय युवा जनस्वयम सेवक रत्ननगरले चितवनको सौराहामा संचालनमा रहेको क्यासिनोमा नेपालीलाई प्रवेश गर्न रोक लगाउनु पर्ने माग गरेको छ । युवा जनस्वयम सेवकले आज रत्ननगरमा पत्रकार सम्मेलन गरी सौराहामा संचालनमा खेलेयाम प्रवेश पाई रहेको भन्दै रोक्न माग गरेको हो । सो क्यासिनोमा खुलेयाम नेपाली प्रवेश गरी रहँदा पनि प्रसासन मुखदर्शक वनेको भन्दै उसले आपत्ति समेत जनाएको छ । विदेशी पर्यटकको लागी खोलिने क्यासिनोमा नेपाली प्रवेश गर्दा गलत संस्कृतिको विकास हुने पत्रकार सम्मेलनमा युवा जनस्वयम सेवक रत्ननगरका इन्चार्ज राममणी थपलियाले वताउनु भयो । फरक उदेश्य लिएर सो क्यासिनो संचालनमा ल्याईएको भन्दै थपलियाले नेपालीलाई प्रवेश रोक नलगाए चरणवद्ध आन्दोलन गर्ने वताउनु भयो । पत्रकार सम्मेलनमा नेकपा माओवादी रत्ननगरका इन्चार्ज हरि पौडेलले वैज्ञानिक ढङ्गले क्यासिनो संचालन गर्नु पर्ने वताउनु भयो । देशकै पर्यटकिय गन्तव्यमा तेश्रो स्थानमा रहेको सौराहामा पर्यटन प्रर्वद्धनको विकास गर्नु पर्ने,नयाँ समाज निर्माण गर्नु पर्ने र मानव जातीको उत्थानमा लाग्नु पर्नेमा लगत संस्कृतिको विकास गर्ने काम सो क्यासिनोले गरेको पौडेलले वताउनुभयो । वेरोजगारको चपेटामा रहेका नेपाली युवाहरुलाई पैतृक सम्पती वेचेर क्यासिनो जाने कुलतबाट वचाउन युवा जनस्यवम सेवकले सवैमा अनुरोध गरेको छ । सौराहामा ह्याप्पी हाउस क्लव नामको क्यासिनो २ महिना अघि मात्र संचालनमा आएको थियो ।


  • Program on air
  • Program Name: Just For Enjoy
  • Program Host: Som Kumar / Rajan Dil
  • Time duration: 11:10 AM-12:00 PM
  • Next Program
  • Program Name: Nepalbani News
  • Program Host: Nepalbani Network
  • Time duration: 12:00 PM-12:15 PM

Local News

Political News

International News

Sports News