Winamp windows Media Player Real Player QuickTime

धुरीकर र भुमिकरका लागी दवावमुलक र्याली

असार १६
धु्रवराज खनाल
नेपाल सुकुम्वासी संर्घष समिति रत्ननगरले धुरीकर र भुमिकर लागु गर्नु पर्ने माग गरेको छ । आफुहरुले भोग चलन गर्दै आएको भुमिमा स्थायी रुपमा वसोवास गराएर धुरीकर र भुमिकर तिर्न पाउनु पर्ने उनीहरुको भनाई छ । धुरीकर र भुमीकर लागु गर्न दवाव दिने उदेश्यले आज(आईतवार) रत्ननगरमा आयोजना गरिएको शान्ती र्याली पछिको कोण सभामा वोल्नेहरुले धुरीकर र भुमिकरको लागी जस्तो सुकै वलिदानी दिन तयार रहेको वताएका थिए । कोण सभामा वोल्दै सर्घष समितिका अध्यक्ष प्रज्वल नेपालीले  
गाँस र कपासको व्यवस्था आफुहरुलेनै गर्न सक्ने भन्दै वसोवासको लागी सरकारले जिम्मेवारी लिनु पर्ने वताउनु भयो । जुन सुकै दलले आफुहरुको माग पुरा गराउन सक्छ उनीहरुलाई साथ दिने नेपालीको भनाई छ ।
संर्घष समितीकी उपाध्यक्ष उर्मिला पासवानले अघिल्लो सरकारले नेपालमा सुकुम्वासी हुन नदिने प्रतिवद्धता जनाएका कारण वर्तमान सरकारले यो माग पुरा गर्नु पर्ने वताउनु भयो । सुकुम्वासी पनि देशको नागरीक भएका हुनाले र सुकुम्वासी सधै सुकुम्वासीकै रुपमा रहन नसक्ने भएकाले धुरीकर र भुमिकर लागु गर्नु पर्ने उहाँले वताउनु भयो । रत्ननगरका १३ वडामा करिव १५ सय सुकुम्वासीहरुको वसोवास रहेको छ । र्यालीमा प्रत्येक वडाका सुकुम्वासीहरुको सहभागीता रहेको थियो । टिकौली पुलदेखि सुरु भएको र्याली वकुल्लहर,टाँडी ,उद्योग वाणिज्य संघ हुदै पुन वकुल्लहर चोकमा आएर कोण सभामा परिणत भएको थियो ।

 
  • Program on air
  • Program Name: Nepalbani News
  • Program Host: Nepal Bani
  • Time duration: 12:00 PM-12:15 PM
  • Next Program
  • Program Name: Nonstop Bollywood
  • Program Host:
  • Time duration: 12:15 PM-01:00 PM

Local News

Political News

International News

Sports News