Winamp windows Media Player Real Player QuickTime

सुनको भाउ उकालो लाग्यो

असार १६
निरन्तर ओरालो लागेको सुनचाँदीको मूल्य आज उकालो लागेको छ । आज सुनको मूल्य तोलामा ४ सय रुपैयाँ बढेर कारोबार भइरहेको छ । गत शुक्रबार सुनको मूल्य एकैदिन तोलामा १४ सय रुपैयाँ घटेको थियो । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि छापावाला सुनको मूल्य तोलाको ४८ हजार ५ सय रुपैयाँ तोकेको छ । बिहीबार तोलामा १ सय ५० रुपैयाँ बढेर ४९ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुन शुक्रबार एकैदिन १ हजार ४ सय रुपैयाँ घटेर ४८ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो । आज तेजाबी सुनको मूल्य पनि तोलामा ४ सय रुपैयाँ बढेर ४८ हजार २ सय ५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । शुक्रबार तेजाबी सुन तोलाको ४७ हजार ८ सय ५० रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, चाँदीको मूल्य पनि आज तोलामा २१ रुपैयाँ बढेर ८ सय १५ रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार चाँदी तोलाको ७ सय ९४ रुपैयाँमा कारोबार भएको थियो ।
 

  • Program on air
  • Program Name: Khulduli Dot Com
  • Program Host: Radio Audio
  • Time duration: 10:15 PM-11:00 PM
  • Next Program
  • Program Name: Station Closure
  • Program Host: ::::::::::::::::::::::::::
  • Time duration: 11:00 PM-11:05 PM

Local News

Political News

International News

Sports News