Winamp windows Media Player Real Player QuickTime

शिक्षकको कर्तुत

१७ असार
धु्रवराज खनाल
पुर्वी चितवनको चैनपुरमा रहेको जनजीवन माध्यमिक विद्यालयका एक शिक्षकले विद्यार्थीहरुमाथी यौन दुव्र्यवहार गरेको रहस्य खुलेको छ । घटनालाई आन्तरीक रुपमै समाधान गर्न विद्यालय व्यवस्थापन समिति,स्थानिय राजनितिक दल,पिडित पक्षबीच छलफल भएको र सोही छलफलमा हात हालाहालको अवस्था श्रृजना भएपछि घटनाको तथ्य कुरा वाहिर आएको हो । विद्यालयका सामाजिक विषय पढाउने शिक्षक भरतप्रसाद घिमिरेले असार १२ गते कक्षा ५ का ४ जना छात्राहरुलाई यौन दुव्र्यवहार गरेको ति विद्यार्थीहरुले वताएको  अभिभावकले विद्यालयमा दिएको निवेदनमा उल्लेख छ ।  आफुहरुमाथी शिक्षकले यौन दुव्र्यवहार गरेको ति विद्यार्थीहरुले घरका परिवारलाई जानकारी गराएपछि विद्यालयमा अभिभावकहरुले निवेदन दिएका थिए । आफ्ना छोरीहरुमाथी दुव्र्यवहार भएपछि शिक्षकलाई कारवाहीका लागी अभिभावकहरुले विद्यालयका प्रधानाध्यापक समक्ष निवेदन दिएका  हुन । निवेदन दिएका ४ जना अभिभावक मध्ये तीन जनाले निवेदन फिर्ता लिएको र एक जनाले भने नलिएको विद्यालयका प्रधानाध्यापक चक्रपाणी अधिकारीले वताउनु भयो । गत शुक्रवार घटना मिलाउन वसेको वैठकमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दुर्गादत्त अर्याल माथी हातपात भएपछि सोही हातपातको विषयले राजनितिक रुप लिएको छ ।


  • Program on air
  • Program Name: अर्पण बुलेटिन
  • Program Host:
  • Time duration: 05:00 PM-05:25 PM
  • Next Program
  • Program Name: मध्यवर्ती आवाज
  • Program Host: महेश पाण्डे
  • Time duration: 05:30 PM-06:00 PM

Local News

Political News

International News

Sports News