Winamp windows Media Player Real Player QuickTime

हंशको शाखा विस्तार

१८ असार
हंश वहुउदेश्य सहकारी संस्था लिमिटेडले चितवनमा पहिलो सेवा केन्द्र विस्तार गरेको छ । लिमिटेडले स्थानियको माग अनुसार पुर्वी चितवनको सौराहा चोकमा पहिलो सेवा केन्द्र विस्तार गरेको हो । सेवा केन्द्रको आज एक कार्यक्रमकाबीच जिल्ला सहकारी डिभिजन तथा प्रशिक्षण कार्यालय भरतपुरका प्राचार्य केशववहादुर  थापाले उद्घाटन गर्नु भयो । केन्द्रबाट वैंकिङ कारोवार बाहेक रेमिट्यान्स सेवा  लगायत उपलव्ध गराईने केन्द्रका कार्यकारी अध्यक्ष दिनेशकुमार चुकेले जानकारी दिनुभयो । लिमिटेडले छिट्टै पश्चिम चितवनको विजयनगरमा दोश्रो सेवा केन्द्र विस्तार गर्ने चुकेले वताउनु भयो । सो अवसरमा एक पटक सुनेका कुरा कहिले नर्विसने पश्चिम चितवन गुञ्जनगरका दृष्टिविहीन गोविन्दप्रसाद अर्याललाई  नगद ५ हजारले सम्मान गरिएको थियो । अर्यालले यसै वर्ष मात्र झुवानी उच्च माविबाट एसएलसी परिक्षा उर्तिण गरेका थिए । त्यस्तै आर्थिक अभावका कारण पछाडी परेका पुराना साहित्यकार कालिदास ढकाल(काका नेपाली) लाई होटल गंगोत्री हाईवे प्रालिले मासिक १५ सयका दरले तीन वर्षका लागी सहयोग गर्ने चुकेले वताउनु भयो । यसैगरी रत्ननगर नगरपालिकाका कार्यकारी  अधिकृत पुरुषोतम सापकोटाले पनि दुवै जनालाई जनही ५,५ हजार सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नु भयो । त्यस्तै लिमिटेडका उपाध्यक्ष बाबुराम अधिकारी,सहकारी डिभिजन कार्यालयका प्राचार्य  थापा र  नारी जागरण केन्द्रकी अध्यक्ष विमला दुवाडीले जनही एक एक हजार सहयोग गर्नु भएको थियो । समुद्घाटन कार्यक्रममा रत्ननगर नगरपालिकाका संस्थापक मेयर नारायण वन,यति वहुउदेश्य सहकारी संस्थाका अध्यक्ष भीष्म पाठक,नगरपालिका प्रमुख सापकोटा,नारी जागरण केन्द्रकी अध्यक्ष दुवाडी ,लिमिटेडका उपाध्यक्ष बाबुराम अधिकारी लगायतले वोल्नु भएको थियो । यसैबीच अन्तराष्ट्रिय सहकारी दिवसको अवसरमा  हंश वहुउदेश्य सहकारी संस्था लिमिटेडले आजै रक्तदान कार्यक्रम पनि सम्पन्न गरेको छ । कार्यक्रममा ४३ जनाले रक्तादान गरेका थिए । ५ महिला सहित ४३ जनाले रक्तदान गरेको हंश वहुउदेश्य सहकारी संस्था लिमिटेडले जनाएको छ ।
 

  • Program on air
  • Program Name: लोक झन्कार
  • Program Host: सुर्य ढकाल
  • Time duration: 9:15 AM-10:00 AM
  • Next Program
  • Program Name: अर्पण समाचार
  • Program Host: समाचार शाखा
  • Time duration: 10:00 AM-10:15 AM

Local News

Political News

International News

Sports News