Winamp windows Media Player Real Player QuickTime

अक्सफोर्ड कलेजमा झडप

१८ असार
परिक्षा प्रणालीमा सुधारको माग गर्दै बिद्यार्थीहरुले आन्दोलन गरेको पोखरा बिश्वबिद्यालयद्धारा संचालित स्नातक तहको इन्जिनियरिङ संकाय अन्तरगत फल सेमेष्टरको परिक्षा प्रभावित भएको छ । केहि बिद्यार्थी परिक्षा दिन र केहि आन्दोलनमा लागेपछि नवलपरासीको गैंडाकोटमा रहेको अक्सफोर्ड कलेजले भोलीवाट परिक्षा संचालन गर्न नसक्ने जनाएको छ । परिक्षा स्थगनको माग गर्दै कलेजले परिक्षा नियन्त्रण कार्यलयलाई पत्राचार गरिएको कलेजका प्रिन्सिपल हरि भण्डारीले जानकारी दिनुभयो । दिउसो १२ बजेवाट परिक्षा शुरु हुनासाथ आन्दोलनमा उत्रिएका बिद्यार्थी र स्थिती नियन्त्रणमा लिन खटिएको प्रहरी बिच आज दिनभर झडप भएको छ । प्रहरीको लाठीले पाँच बिद्यार्थी घाईते भएका छन् । अनुतिर्ण भएका बिद्यार्थीले लगत्तैको सेमेस्टरमा हुने परिक्षामा सहभागी हुनुपाउनुपर्ने माग अघि सारेका हुन् । बिश्वबिद्यालयले ल्याउन लागेको नयाँ प्रावधान अनुसार अनुत्तिर्ण बिद्यार्थीले परिक्षा दिन दुई सेमेस्टर कुर्नुपर्ने हुन्छ । सोही ब्यबस्था लागु नगराउन आन्दोलन गर्नुपरेको बिद्यार्थी आकाश राउतले जानकारी दिनुभयो । आन्दोलित बिद्यार्थीहरुले कलेजको ना २ ख २०४९ नम्बरको बसमा समेत तोडफोड गरेका छन् । विद्यार्थी आशिष पौडेलले पोखरा विश्वविद्यालय अन्तरगतका कलेजमा आज देशैभरी शान्तिपूर्ण आन्दोलनको कार्यक्रम अनुसार आफूहरुले आन्दोलन गर्दा प्रहरीले हस्तक्षेप गरेको बताउनुभयो ।

 
  • Program on air
  • Program Name: Just For Enjoy
  • Program Host: Som Kumar / Rajan Dil
  • Time duration: 11:10 AM-12:00 PM
  • Next Program
  • Program Name: Nepalbani News
  • Program Host: Nepalbani Network
  • Time duration: 12:00 PM-12:15 PM

Local News

Political News

International News

Sports News