Winamp windows Media Player Real Player QuickTime

नेशनल लाईफ इन्सुरेन्स कम्पनीद्धारा मेडिकल बिमा रकम हस्तान्तरण

२१ असार
नेपालकै निजी क्षेत्रको पहिलो बिमा कम्पनी नेशनल लाईफ इन्सुरेन्स कम्पनी लिमिटेडको पर्सा शाखाले शाखामा विमा गराएका एक जना मुटु रोगीलाई अमृत वर्षा बिमा योजना अन्र्तगतको मेडिकल रकम हस्तान्तरण गरेको छ । शाखामा आज आयोजित एक कार्यक्रमकाबीच २ वर्ष अघि बिमा गराएका मुटु रोगी भण्डारा १ निवासी आत्मराम वर्तौलालाई रकम हस्तान्तरण गरीएको हो ।  सो कम्पनीको अमृत वर्षा बिमा योजनामा २ वर्ष अघि वर्तौलाले पाँच लाख वरावरको बिमा गराएका थिए । गत २०६९ भदौमा अचानक मुटु रोग लागेपछि मुटुको भल्व परिवर्तनमा खर्चिएको २ लाख ५३ हजार ३ सय ५२ रुपैया बरावरको विल रकम शतप्रतिशतनै मेडिकल सुरक्षा बावत चेक मार्फत हस्तान्तरण गरिएको हो । रकम प्राप्त गरेपछि बिमित वर्तौलाले नेशनल लाईफ इन्सोरेन्स कम्पनी मानिसको सुख दुखको साथ भएको र यसले सुरक्षित जीवन जीउन ढुक्क भएको वताउनु भयो । रकम हस्तान्तरण कार्यक्रममा रेडियो अर्पण १०४.५ मेगाहर्जका कार्यकारी अध्यक्ष एवंम प्रमुख अतिथी वेदप्रसाद आचार्यले नेशनल लाईफ इन्सुरेन्स कम्पनीमा अमृत वर्षा बिमा योजना लगायत यसले जारी गरेका अन्य पोलिसी मानव जीवन सुरक्षित पार्न सक्रिय र महत्वपुर्ण रकाले बिमा प्रतिको सद्भावना सवैैमा फैलाई आफु र आफ्ना सन्ततीको जीवन सुरक्षामा ख्याल पुर्याउनु पर्ने वताउनु भयो । साथै उहाँले राज्यले पनि यसमा वढि सक्रिय भुमिका निर्वाह गरी सुरक्षित जीवनयापनमा सवै जनमानलाई सजग गराउनु पर्ने भन्दै रोग व्याधि ,दुख कष्ट विना सुचना आईपर्ने र यसका निराकणमा विभिन्न आर्थिक मानसिक समस्याले पाँकी जीवन थप चिन्तित रहनु पर्ने अवस्थालाई चिर्दै ठुलो रोग लागेपछि त्यसको सही र समयमै उपचार ढुक्क भएर गर्नका लागी पनि बिमा गर्नु अपरीहार्य रहेको वताउनु भयो । सो समारोहमा कम्पनीका वरिष्ठ अभिकर्ता आनन्द पौडेल,विमित सदस्यहरु महेन्द्र कडेल,रमेश लोहनी,रेडियो अर्पणका सचिव सुरज पौडेल लगायतले वोल्नु भएको थियो । कार्यक्रम कम्पनीका पर्सा शाखा प्रमुख दिपक गौतमको अध्यक्षतामा भएको थियो ।
 

Local News

Political News

International News

Sports News