Winamp windows Media Player Real Player QuickTime

गाविस सचिव नहुँदा दैनिक काममा समस्या

२३ असार
धुर्वराज खनाल
चितवनको कठार गाविसमा रिक्त सचिव पद पुर्ती नहुँदा दैनिक प्रसासन संचालनमा समस्या आएको छ । सो गाविसमा सचिव नहुँदा छिमेकी कुमरोज गाविस सचिवले जिम्मेवारीले सम्हाल्दै आउनु भएको छ । यस अघिका सचिव वेदप्रसाद वजगाँई वढुवा भई जिल्ला विकास समिति गएपछि छिमेकी कुमरोज गाविस सचिव राजेन्द्र मैनालीले जिम्मेवारी सम्हाल्दै आउनु भएको हो । दुई वटा गाविसको काम सम्हाल्दा दैनिक प्रसासन चलाउन गाह्रो परेको कुमरोज गाविसका सचिव मैनालीले वताउनु भयो । सचिव मैनालीले विहान र वेलुकाको समय कठार गाविस र  दिउसोको समय कुमरोज गाविसमा दिदै आउनु भएको छ । दुईतिरको जिम्मेवारी लिदा काम गर्न गाहं्रो छ सचिव मैनालीले भन्नुभयो– जनतालाई समस्यामा पारेर काम रोक्नु भएन वढि समय दिएर भएपनि काम गर्नै पर्यो । यस आर्थिक वर्ष पछि मात्रै अर्को सचिव आउने भएकाले वढि समय दिएर भएपनि जनताको काम नरोकेको उहाँको भनाई छ  । गाविसमा यतिवेला वृद्धभत्ता वितरण,योजनाका काम भईरहेका छन् ।
 

  • Program on air
  • Program Name: ॐ ब्रम्ह सन्देश/प्रवचनमाला
  • Program Host:
  • Time duration: 04:00 AM-05:00 AM
  • Next Program
  • Program Name: प्रभात वाणी
  • Program Host: नेपालवाणी नेटवर्क
  • Time duration: 5:30 AM-5:55 AM

Local News

Political News

International News

Sports News